जीवन बीमकहरुले कर्मचारी तथा संचालकको बीमांकको सीमालाई दुई गुणा बढाउन पाउने

2022-01-07
जीवन बीमकहरुले कर्मचारी तथा संचालकको बीमांकको सीमालाई दुई गुणा बढाउन पाउने

काठमाडौं । बीमा कम्पनीमा आवद्ध संचालक र कर्मचारीहरुको जीवन बीमा गर्न पाउने सिमा बढाइएको छ । नियामक निकाय बीमा समितिले  जीवन बीमा कम्पनीका संचालक वा कर्मचारीले जीवन बीमा गर्न पाउने बीमांकको सीमालाई दुई गुणा बढाउन पाउने व्यवस्था गरेको हो । 

समितिले एक निर्देशन जारी गर्दै जीवन बीमा कम्पनीहरुले आफ्ना संचालक वा कर्मचारीहरुको ५० लाख रुपैयाँसम्मको जीवन बीमा गर्न पाउने भएका व्यवस्था गरेको हो । यसअघि यो रकम २५ लाख रुपैयाँसम्मको थियो । 


Share this with your friends: