जेठ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले आर्जन गरे १.२ खर्ब कुल बीमाशुल्क, कुनको कति ?

2021-06-25
जेठ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले आर्जन गरे १.२ खर्ब कुल बीमाशुल्क, कुनको कति ?

काठमाण्डौ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले १ खर्ब रुपैयाँ बढी कुल बीमाशुल्क आर्जन गरेका छन्। बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार १९ वटा जीवन बीमा कम्पनीहरुले जेठ महिना मसान्तसम्म १ खर्ब २ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्। 

यो अवधिसम्ममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अन्य १८ वटा बीमा कम्पनीहरुको तुलनामा सबैभन्दा धेरै कुल बीमाशुल्क आर्जन गरेको छ। नेपाल लाइफले यो अवधिसम्ममा २७ अर्ब ५७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। 

सबैभन्दा धेरै कुल बीमाशुल्क आर्जन गर्नेको दोस्रो स्थानमा एलआईसी नेपाल रहेको छ। कम्पनीले जेठ मसान्तसम्ममा १४ अर्ब ६९ करोड रुवैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। 

यस्तै सूचीको तेस्रो स्थानमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीले यो अवधिसम्ममा ९ अर्ब ५७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ। ७ अर्ब २६ करोड कुल बीमाशुल्क आर्जन गर्दै राष्ट्रिय बीमा संस्थान चौथो स्थानमा रहेको छ। यूनियन लाइफ ५ अर्ब ७ करोड रुपैयाँ आर्जन गर्दै पाचौँ स्थानमा रहेको छ। 

यसैगरी एशियन लाइफले ५ अर्ब ४ करोड, मेट लाइफ ४ अर्ब ५५ करोड, सूर्या लाइफ ३ अर्ब ६१ करोड, प्राइम लाइफ ३ अर्ब ३५ करोड, गुराँस लाइफ ३ अर्ब १७ करोड, सिटिजन लाइफ २ अर्ब ८७ करोड, रिलायबल नेपाल २ अर्ब ६४ करोड, ज्योति लाइफ २ अर्ब ६१ करोड, रिलायन्स लाइफ २ अर्ब १३ करोड, आइएमई लाइफ २ अर्ब ९ करोड, सन नेपाल लाइफ १ अर्ब ८६ करोड, सानिमा लाइफ १ अर्ब ६६ करोड, प्रभु लाइफ १ अर्ब २१ करोड र महालक्ष्मी लाइफले ७६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।       

 


Share this with your friends: