जोशी हाइड्रोपावरद्वारा स्थगित वार्षिक साधारण सभाको मिति तय

2022-02-15
जोशी हाइड्रोपावरद्वारा स्थगित वार्षिक साधारण सभाको मिति तय

काठमाण्डौ । जोशी हाइड्रोपावर कम्पनी लिमिटेडको स्थगित वार्षिक साधारण सभा आगामी फागुन ११ गते आयोजना हुने भएको छ । कम्पनीको सञ्चालक समितिको फागुन २ गते बसेको बैठकले स्थगित वार्षिक साधारण सभाको मिति तय गरेको हो । 

कम्पनीको गत पुस ११ गते बसेको सञ्चालक समितिको बैठकले गत माघ ३ गतेका लागि डाकेको तीन आर्थिक वर्षको साधारण सभा गणपुरक संख्या नपुगेका कारण स्थगित भएको थियो । 

कम्पनीको पाँचौं, छैठौं र सातौं वार्षिक साधारण सभा नक्साल काठमाण्डौमा रहेको लिसारा हलमा बिहान ११.३० बजे भर्चुअल माध्यमबाट एकैपटक आयोजना हुनेछ । 

उक्त सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ।व  २०७५/७६,२०७६र७७ र २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। सभामा लेखापरीक्षण प्रतिवेदन सहित आ।व २०७५/७६,२०७६र७७ र २०७७/७८ को वासलात,नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरु पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ। 

वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले गत पुस २१ गते एक दिनका लागि बुक गरिसकेको छ । 


Share this with your friends: