ज्योति विकास बैंकको केन्द्रिय कार्यालय स्थानान्तरण

2021-06-23
ज्योति विकास बैंकको केन्द्रिय कार्यालय स्थानान्तरण

काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडको केन्द्रिय कार्यालय स्थानान्तरण गरिएको छ । बैंकको केन्द्रिय कार्यालय काठमाण्डौ महानगरपालिका वडा न. २८ कमलादीबाट स्थानान्तरण भई काठमाण्डौ महानगरिपालिका वडा न. १ कमलपोखरीबाट असार ८ गतेबाट पूर्ण रुमपा सञ्चालनमा आएको बैंकले जनाएको छ । 
 
नयाँ भवनमा स्थानान्तरण गर्नका लागि बैंकलाई नेपाल राष्ट्र बैंकले गत वैशाख ८ गते अन्तिम स्वीकृती प्रदान गरेको थियो । यस्तै वैशाख १७ गते प्रबन्ध पत्र तथा नियमावलीमा संसोधनका लागि स्वीकृत भई आएकोमा कम्पनी रजिष्ट्रारको कार्यलयबाट असार ७ गते ठेगाना परिवर्तन हुने गरी प्रबन्धपत्र तथा नियमावलीमा संसोधन अभिलेख भएको थियो ।     

Share this with your friends: