ज्योति विकास बैंक र क्यानबीच डिजिटल सेवा र सूचना प्रविधि प्रवर्दन गर्ने सम्झौता

2021-07-09
ज्योति विकास बैंक र क्यानबीच डिजिटल सेवा र सूचना प्रविधि प्रवर्दन गर्ने सम्झौता

काठमाडौं । ज्योति विकास बैंक लिमिटेड र कम्प्युटर एसोसिएसन नेपाल महासंघ(क्यान) बीच देशका विभिन्न ठाँउमा डिजिटल सेवा र सूचना प्रविधि प्रवर्दनको लागि सहकार्य गर्ने उद्देश्यले सम्झौता भएको छ । 

सम्झौता अनुरुप बैंक र क्यानले संयुक्त रुपमा देशका विभिन्न ठाँउमा डिजिटल सेवा र सूचना प्रविधिको प्रवद्र्धन, तालिम र सेवा विस्तार तथा कार्यान्वयनको लागि कार्यक्रमहरु सञ्चालनमा ल्याउने छन् ।

सम्झौतापत्रमा ज्योति विकास बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पारस राज कंडेल र क्यानका तर्फबाट क्यानका उपाध्यक्ष रञ्जित कुमार पोदरले हस्ताक्षर गरेका छन् ।

साथै सम्झौता अनुसार ज्योति विकास बैंकले क्यानमा आबद्ध व्यवसायीहरु तथा त्यस संस्थामा कार्यरत कर्मचारीहरुलाई विशेष छुटमा प्रोफेसनल लोन, १५ लाख रुपैयाँ सम्मको बिना धितो सहुलियतपूर्ण कर्जा, साना तथा मझौला कर्जा प्रदान गर्नुका साथै क्यान अन्तर्गतका व्यवसायीहरुलाई डिजिटल बैंकिंग सेवाहरु प्रदान गर्ने जनाएको छ ।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटिएम मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा उपलव्ध गराउँदै आईरहेको छ ।


Share this with your friends: