ज्योति विकास बैंकको ऋणपत्र बाँडफाँड सम्पन्न

2021-07-26
ज्योति विकास बैंकको ऋणपत्र बाँडफाँड सम्पन्न

काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड गरिएको छ । बैंकले गत असार २० गतेदेखि ३० गतेसम्म जारी गरेको १ अर्ब ५० करोड रुपैयाँबराबरको ‘९ प्रतिशत १० वर्षे ज्योति विकास बैंक बोन्ड २०८७’ नामक ऋणपत्र निष्कासन गरेको ५ लाख ७० हजार कित्ता साउन ८ गते बाँडफाँड गरेको हो । 

कुल निष्कासनमध्ये ९ लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ ६ लाख इकाइ भने आम सर्वसाधारणका लागि निष्कासन गरिएको छ। सर्वसाधारणका लागि निष्कासन गरिएको ६ लाख कित्तामध्ये ५ प्रतिशतले हुन आउने ३० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो । 

यो ऋणपत्रको निष्कासनकर्ता तथा बिक्री प्रबन्धकको रुपमा एनआईबीइल एस क्यापिटल लिमिटेड रहेको छ।


Share this with your friends: