काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। बैंकको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।
बैठकले गत आर्थिक वर्ष २०७६/७७ को वितरणयोग्य खुद मुनाफा तथा अन्य वितरणयोग्य कोषहरु गरी कुल वितरणयोग्य रकम रु. ३५ करोड ३३ लाख ७५ हजार ५३९ बाट चुक्तापूँजीको १० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको हो।
बैंकद्वारा प्रस्तावित लाभांसमा चुक्तापूँजीको १० प्रतिशतले हुन आउने ३४ करोड ९५ लाख २९ हजार ३४४ रुपैयाँ बराबरको बोनस सेयर रहेको छ।
यो बोनस सेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ।