ज्योति विकास बैंकको सञ्चालकमा ५ जना निर्वाचित, अध्यक्षमा हरि प्रसाद चयन

2021-01-28
ज्योति विकास बैंकको सञ्चालकमा ५ जना निर्वाचित, अध्यक्षमा हरि प्रसाद चयन

काठमाण्डौ । ज्योति विकास बैंकको सञ्चालममा ५ जना निर्वाचित भएका छन्। बैंकको गत माघ १४ गते सम्पन्न १३ औँ वार्षिक साधारण सभाबाट संस्थापक सेयरधनीका तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीका तर्फबाट २ जना गरी कुल ५ जना सञ्चालक निर्वाचित भएका हुन्। 

निर्वाचित भएका सञ्चालकहरुमा संस्थापक समूह तर्फबाट हरि प्रसाद, हरिचन्द्र खड्का, सन्तोष अधिकारी तथा सर्वसाधारण समूह तर्फबाट धुव्र कोइराला र नरेश राज आचार्य रहेका छन्। नयाँ सञ्चालकहरुमध्ये बाट हरि प्रसाद बैंकको अध्यक्षमा सर्वसम्मतिबाट चयन भएका छन्। 

यस्तै बैंकको उक्त साधारण सभाले १० प्रतिशत बोनस सेयर पारित गुर्नका साथै आ.व २०७७/७८ को लेखापरीक्षणका लागि बाह्य लेखापरीक्षणमा टि.आर उपाध्याय एण्ड कम्पनीलाई नियुक्त गरिएको बैंकले जनाएको छ।  

 


Share this with your friends: