झण्डै १२ अर्ब कारोबार हुँदा दोहोरो अंकले घट्यो नेप्से, नेपाल पुुनर्बीमाको सर्वाधिक कारोबार

2021-05-19
झण्डै १२ अर्ब कारोबार हुँदा दोहोरो अंकले घट्यो नेप्से, नेपाल पुुनर्बीमाको सर्वाधिक कारोबार

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक १५७.९४ अंकले घट्दै १४२०४.६९ बिन्दुमा सीमित भयो। यो दिन जीवन बीमा उपसूचक पनि २८.९२ अंकले ओरालो लाग्दै १८२१३.५१ बिन्दुमा झर्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमातर्फ आज यूनाइटेड इन्स्योरेन्सको सेयरमूल्यमा सर्वाधिक वृद्धि भयो। कम्पनीको सेयरमूल्य ३.४७ प्रतिशतले बढ्दै प्रतिकित्ता ७४६ रुपैयाँ कायम भयो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। बीमातर्फ आज सगरमाथा इन्स्योरेनसको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य ४्०५ प्रतिशतले घट्दै प्रतिकित्ता १७०५ रुपैयाँ कायम भयो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। परिसूचक १३.०९ अंकले ओरालो लाग्दै २७८०.८१ बिन्दुमा झर्यो। यो दिन बजारमा २१४ कम्पनीका २ करोड ५१ लाख २१ हजार ५५४  कित्ता सेयर ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार ४११ रुपैयाँमा किनबेच भयो। आज भएको कारोबार रकम र कारोबार कित्ता अहिले सम्मकै उच्च हो। 

१३ वटा समूहमध्ये आज ५ वटा समूहमा हरियाली छायो भने अन्य सबै समूहमा रातो पोतियो। आज व्यापार समूहमा सबैभन्दा धेरै अंकको वृद्धि देखियो। यो समूह ३५.७२ अंकले बढ्यो भने होटm एण्ड टुरिजम १४.१२, बैंकिङ ७.३४, वित्त १.८५ र म्युचुुअल फन्ड ०.०७ अंकले बढ्यो। 
विकास बैंक समूह ५१.९८ अंकले घटेको आज हाइड्रोपावर ६०.६३, उत्पादन तथा प्रशोधन ६६.३९, अन्य २७.६२, लघुवित्त ८.६ र लगानी समूह १.८६अंकले घट्यो। 

आज समता घरलु लघुवित्तको सेयरमूल्यमा सर्वाधिक अर्थात ९.९९ प्रतिशतको उछाल आयो। यस्तै रुरु जलविद्युतको सेयरमूल्य ९.९६, गोर्खाज फाइनान्स ९.९३, नेपाल फाइनान्स ९.८२, कणाली डेभलपमेन्ट बैंक ९.६२, राधि विद्युत कम्पनी ८.११ र युनाइटेड इदी मर्दीको सेयरमूल्य ७.८४ प्रतिशतले बढ्यो। 

आज न्यादी गुप्र पावर कम्पनीको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य ६.८८ प्रतिशतले घट्यो। युनाइटेड मोदी हाइड्रोको सेयरमूल्य ५.९२, नेपाल हाइड्रो डेभलपर्स ५.७०, युनिभर्सल पावर ५.६० र रैराङ हाइड्रोपावरको सेयरमूल्य ५.५५ प्रतिशतले घट्यो। 

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक सेयर कारोबार भयो। कम्पनीको ५५ करोड ६९ लाख बढीको सेयर कारोबार भयो भने नेशनल लाइफ ४५ करोड ३४ लाख, नेशनल हाइड्रोपावर ३० करोड ६० लाख र राधि पावर कम्पनीको २९ करोड ७३ लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: