झापाको भद्रपुरमा मेगा बैंकको एटीएम सेवा विस्तार

2021-09-08
झापाको भद्रपुरमा मेगा बैंकको एटीएम सेवा विस्तार

काठमाण्डौ।  मेगा बैंक नेपाल लिमिटेडले झापा जिल्लाको भद्रपुर नगरपालिकास्थित घोडामारामा एटीएम सेवा विस्तार गरेको छ। 

झापाको भद्रपुर नगरपालिका वडा नम्बर ८, घोडामारास्थित सशस्त्र प्रहरीको २ नम्बर ब्यारेक अगाडि आइतबार विशेष कार्यक्रमका बीच मेगा बैंकले एटीएम सेवा सञ्चालन गरेको हो। सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेको प्रमुख आतिथ्यता तथा मेगा बैंकका १ नम्बर प्रदेश प्रमुख विवेकबन्धु न्यौपानेको विशेष आतिथ्यतामा भएको कार्यक्रममा सेवाग्राहीको पनि सहभागिता थियो। योसँगै १३७ स्थानमा मेगा बैंकले एटीएम सेवा विस्तार गरेको छ। 

स्थापनाको १२ वर्षमा आइपुग्दा मेगा बैंकले १९९ वटा शाखा विस्तार गरेको छ। यसैगरी देशभर २४ वटा एक्स्टेन्सन काउन्टर, ५७ वटा शाखारहित बैंकिङ सेवा, ३ हजार २०० भन्दा बढी मेगा रेमीट सञ्जाल छन्।


Share this with your friends: