झिनो अंकले बढेको बजारमा नेपाल लाइफको सर्वाधिक कारोबार

2021-03-16
झिनो अंकले बढेको बजारमा नेपाल लाइफको सर्वाधिक कारोबार

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज जीवन बीमा उपसूचक उकालो लागेको छ। आज जीवन बीमा उपसूचक २३०.२९ अंकले बढ्दै १५९५१.९८ बिन्दुको उचाईमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक भने ६२.६ अंकले घट्दै ११८१३.७० को बिन्दुमा सीमित बन्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचक झिनो अंकको बढोत्तरीका साथ उकालो लाग्यो। परिसूचक २.५६ अंकले बढ्दै २३९१.७४ को बिन्दुमा पुग्यो। यो दिन बजारमा २१६ कम्पनीका ९० लाख १२ हजार ८५३ कित्ता सेयर ३ अर्ब ३७ करोड ५६ लाख ९९ हजार ३३९ रुपैयाँमा किनबेच भयो।

१३ वटा समूहमध्ये आज ७ वटा समूहमा हरियाली छायो। आज बैंकिङ समूह ३.६७, होटल एण्ड टुरिजम ८६, वित्त १.२१, उत्पादन तथा प्रशोधन २३.२५, लघुवित्त २७.३६ र लगानी समूह ०.२ अंकले बढे। 

आज व्यापार समूहमा सर्वाधिक गिरावट आयो। यो समूह ७२.५९ अंकले घट्यो भने विकास बैंक २.३५, हाइड्रोपावर ३१.८३, अन्य २०.११ र म्युचुअल फन्ड ०.०१ अंकले घटे। 
आज चन्द्रागिरी हिल्सको सेयरमूल्यमा सर्वाधिक उछाल आयो। निरन्तर उकालो लाग्ने क्रममा आजपनि कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढ्यो। यस्तै जोशी हाइड्रोपावर ९.९२, घलेम्दी हाइड्रोपावर ९.८३, ग्रिन लाइफ हाइड्रोपावर ९.७० र खानीखोला हाइड्रोपावरको सेयरमूल्य ९.४० प्रतिशतले बढ्यो। 

आज राष्ट्रिय बीमा संस्थानको संस्थापक सेयरको मूल्यमा सर्वाधिक अर्थात ८.८१ प्रतिशतको गिरावट आयो। यसैगरी पञ्चकन्या माइहाइड्रोको सेयरमूल्य ४.८६ प्रतिशतले घट्यो। 

यो दिन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सर्वाधिक सेयर कारोबार भयो। आज कम्पनीको १९ करोड ३८ लाख बढीको सेयर कारोबार भयो। यस्तै अपर तामाकोशीको १८ करोड ८५ लाख र निफ्राको १७ करोड बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: