झिनो अंकले बढ्यो नेप्से, बीमातर्फ सानिमा जनरलको सेयरमूल्यमा सर्वाधिक गिरावट

2021-05-12
झिनो अंकले बढ्यो नेप्से, बीमातर्फ सानिमा जनरलको सेयरमूल्यमा सर्वाधिक गिरावट

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज निर्जीवन बीमा उपसूचक वृद्धि भएको छ भने जीवन बीमा उपसूचकमा भने गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक ३१.६ अंकले बढ्दै १३६५४ बिन्दुको उचाईमा पुुग्यो। यो दिन जीवन बीमा उपसूचक भने ६६.८६ अंकले घट्दै १७३०२.०९ बिन्दुमा सीमित भयो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा दुुईवटा बीमा कम्पनी परे। आज सानिमा जनरलको सेयरमूल्य २.२३ प्रतिशतले घट्दै प्रतिकित्ता ७८९ रुपैयाँ कायम भयो। त्यस्तै आज लुम्बिनी जनरलको सेयरमूल्य १.४० प्रतिशतले घट्यो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचक झिनो अंकले बढ्यो। परिसूचक ०.५६ अंकले बढ्दै २६७३.८८ को बिन्दुमा पुुग्यो। यो दिन बजारमा २१५ कम्पनीका १ करोड ४८ लाख ५४ हजार ४२२ कित्ता सेयर ५ अर्ब ३२ करोड ६० लाख ५२ हजार ८०१ रुपैयाँमा किनबेच भयो। 

१३ वटा समूूहमध्ये आज ७ वटा समूहमा हरियाली छायो भने अन्य ६ वटा समूहमा भने रातो पोतियो। 
आज उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै अंकले बढ्यो। यो समूह १००.६६ अंकले बढ्यो। यस्तै विकास बैंक समूह ३.८१, वित्त १५, म्युुचुुअल फन्ड ०.०६ र लगानी समूह ०.७६ अंकले बढ्यो। 

बैंकिङ समूह ३.४२ अंकले घटेको आज व्यापार समूह ४१.२, होटल एण्ड टुरिजम ६.९६, अन्य १९.२१ र लघुवित्त १७.८ समूह अंकले घट्यो। 
आज नारायणी डेभलपमेन्ट बैंक आखुखोला जलविद्युत र बोटलर्स नेपाल तराईको सेयरमूल्यमा सर्वाधिक उछाल आयो। यी तीन कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो। विशाल बजारको सेयरमूल्य ९.९९, रुरु जलविद्युत कम्पनी ९.९७, समता घरेलु लघुवित्त ९.९६, खानीखोला हाइड्रोपावर ९.९४ र युनियन हाइड्रोपावरको सेयरमूल्य ९.९४ प्रतिशतले बढ्यो। 

आज एसटीसीको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य २.२७ प्रतिशतले घट्यो। 

यो दिन नेपाल पुनर्बीमाको सर्वाधिक सेयर कारोबार भयो। नेपाल पुनर्बीमाको आज ३५ करोड १६ लाख बढीको सेयर कारोबार भयो भने एचआईडीसीएल २६करोड ९५ लाख, अपि पावर १४ करोड ८४ लाख र शिवम् सिमेन्टको १४ करोड ५६ लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: