काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज निर्जीवन बीमा उपसूचक वृद्धि भएको छ। आज निर्जीवन बीमा उपसूचक २५.०१ अंकले बढ्दै १३६९९.४५ को बिन्दुमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक भने ५६.६६ अंकले घट्दै १७३०६.२० को बिन्दुमा सीमित बन्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्यो। आज अजोड इन्स्योरेन्सको सेयरमूल्य ९.९१ प्रतिशतले बढ्दै प्रतिकित्ता १०३१ रुपैयाँ कायम भयो।
आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनी पर्यो। आज सानिमा जनरलको सेयरमूल्य ३.९९ प्रतिशतले घट्दै प्रतिकित्ता ७४५ रुपैयाँ कायम भयो।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचक दोहोरो अंकले बढ्यो। परिसूचक १२.८८ अंकले बढ्दै २६३१.८९ को उचाईमा पुग्यो। यो दिन बजारमा २१८ कम्पनीका १ करोड ४३ लाख ९० हजार ४४७ कित्ता सेयर ७ अर्ब २५ करोड ९ लाख २४ हजार १२४ रुपैयाँमा किनबेच भयो।
१३ वटा समूहमध्ये आज ९ वटा समूहमा हरियाली छायो। आज व्यापार समूहमा उछाल आयो। यो समूह ३६८.५७ अंकले बढ्यो। यस्तै बैंकिङ समूह ५.४३, विकास बैंक ५२.८८, हाइड्रोपावर २४.०९, वित्त २३.०६, उत्पादन तथा प्रशोधन, १२.७४, अन्य ६३.९४ र लघुवित्त २.६९ अंकले बढ्यो।
आज होटल एण्ड टुरिजम समूहमा सबैभन्दा धेरै गिरावट आयो। होटल समूह ७७.२२ अंकले घट्यो भने म्युचुअल फन्ड ०.०३ र लगानी समूह १.०९ अंकले घट्यो।
आज सान्जेन जलविद्युतको सेयरमूल्यमा सर्वाधिक उछाल आयो। कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो। त्यस्तै युनाइटेड फाइनान्सको सेयरमूल्य ९.९५, किसान लघुवित्त ९.९५, वोमी लघुवित्त ९.९४, एनआईसी एशिया लघुवित्त ९.९४ र अजोड इन्स्योरेन्सको सेयरमूल्य ९.९१ प्रतिशतले बढ्यो।
आज एचआईडीएलको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य ५.५३ प्रतिशतले बढ्यो। यसैगरी सानिमा जनरलको सेयरमूल्य ३.९९, चन्द्रागिरी हिल्स ३.३०, समिट लघुवित्त ३.१३ र जनउत्थान सामूदायिक लघुवित्तको सेयरमूल्य २.७९ प्रतिशतले घट्यो।
यो दिन अपर तामाकोशीको सर्वाधिक अर्थात ३० करोड २२ लाख बढीको सेयर कारोबार भयो भने एचआईडीएल २४ करोड ४० लाख, अपि पावर २४ करोड र नेपाल पुनर्बीमा कम्पनीको २१ करोड ७४ लाख बढीको सेयर कारोबार भयो।