काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको माघ २८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।
बैठकले आ.व २०७६/७७ को मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांस गरी कुल २० प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। संस्थाद्वारा प्रस्तावित लाभांसमा हाल कायम चुक्तापूँजी १ अर्ब ५४ लाख ३३ हजार ५७४.५१ रुपैयाँको १५ प्रतिशतले हुन आउने १५ करोड ८ लाख १५ हजार ०३६.१८ रुपैयाँ बराबरको बोनस सेयर र ५ प्रतिशतले हुन आउने ५ करोड २ लाख ७१ हजार ६७८.७२ रुपैयाँ बराबरको नगद लाभांस(कर प्रयोजनका लागि) रहेका छन्।
यसरी संस्थाले हाल कायम चुक्तापूँजीको २० प्रतिशतले हुन आउने २० करोड १० लाख ८६ हजार ७१४.९० रुपैयाँ वितरणको प्रस्ताव गरेको छ।
यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी वािर्षका साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ।