डिप्रोक्स लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान

2021-03-08
डिप्रोक्स लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको फागुन २१ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको १९ औँ वार्षिक साधारण सभा डाकेको हो।

बैठकले आउँदो चैत २० गते शुक्रबारका दिन चितवन सौराहमा रहेको होटल मोनालिसामा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांस गरी २० प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ। यस्तै बोनस सेयरपश्चात कायम हुने जारी तथा चुक्तापूँजी १ अर्ब १५ करोड ६२ लाख ४८ हजार ६१० रुपैयाँ पुर्याउन प्रबन्धपत्र संसोधन गर्ने प्रस्ताव पारित गरिनेछ। 

यसैगरी नाडेप लघुवित्तलाई प्राप्ति गर्ने सम्बन्धमा सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ। सभामा संस्थाका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यस्तै आ.व २०७७ सम्मको लेखापरीक्षकको प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनुका साथै आ.व २०७७/७८ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ।  

 


Share this with your friends: