डिप्रोक्स लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

2021-04-02
डिप्रोक्स लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको १९ औँ वार्षिक साधारण सभा आज(चैत २० गते) भरतपुर चितवनमा सम्पन्न भएको हो । उक्त साधारणसभामा संस्थाका सञ्चालक समितिको तर्फबाट अध्यक्ष दिपक खनालले आ.व. २०७६/०७७ को बार्षिक प्रतिवेदन पेश गर्नुका साथै संस्थाका प्रमुख कार्यकारी अधिकृत(सीईओ) शेषरमण आचार्यले स्वागत मन्तब्य व्यक्त गरेका थिए ।


उक्त सभामा बार्षिक प्रतिवेदन पेश गर्दै अध्यक्ष खनालले प्रस्तुत गर्नुभएको १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर समेत) को प्रस्ताव स्विकृत गरेको छ । सो प्रतिवेदन उपर शेयरधनीहरु कविता श्रेष्ठ, प्रकाश बहादुर श्रेष्ठ, कैलाश रिजाल तथा संस्थापक अध्यक्ष पिताम्बरप्रसाद आचार्यले राय, सुझाव तथा जिज्ञासा राखेकोमा अध्यक्ष दिपक खनालले स्पष्ट पारेका थिए ।

बोनस शेयर पछि संस्थाको चुक्ता पुँजी १ अर्व १५ करोड ६२ लाख पुगेको छ । साथै धादिङ्ग जिल्ला गजुरीमा केन्द्रीय कार्यालय रहेको नाडेप लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने प्रारम्भिक समझदारी पत्र अनुमोदन गरेको छ ।

साधारण सभाले समुह “क” संस्थापक सदस्यहरु मध्येबाट सञ्चालकहरुको निर्वाचन समेत गरेकोे छ । निर्वाचित सञ्चालकहरुमा लुम्विनी विकास बैंक लिमिटेडको तर्फवाट दिपक खनाल, कृषि विकास बैंक लिमिटेडको तर्फवाट यज्ञप्रकाश न्यौपाने र विकास आयोजना सेवा केन्द्र (डिप्रोक्स–नेपाल) को तर्फवाट गणेशकुमार के.सी. निर्विरोध भएक छन् । निर्वाचन पश्चात बसेको सञ्चालक समितिको वैठकले लुम्विनी विकास बैंक लिमिटेड बाट प्रतिनिधित्व गर्नुहुने निर्विरोध निर्वाचित सञ्चालक दिपक खनाल लाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ । 

निरपेक्ष गरिवीको रेखामुनी रहेका ग्रामीण परिवारलाई स्तरीय, दिगो तथा भरपर्दो लघुवित्त सेवा उपलव्ध गराई उनीहरुको आर्थिक अवस्था सुधार्ने मुल उद्देश्य लिई डिप्रोक्स–नेपालको अग्रसरतामा नविल बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, लुम्बिनी विकास बैंक लिमिटेड (तत्कालिन लुम्बिनी फाइनान्स एण्ड लिजिङ्ग कंम्पनी लिमिटेड) र सिप्रेड तथा लघुवित्त क्षेत्रका दक्ष व्यक्तिहरु समेतको संलग्नतामा नेपाल राष्ट्र बैंकबाट मिति २०५८/०३/१९ मा इजाजत प्राप्त गरी स्थापित यस संस्थाले हाल देशको ७१ जिल्लामा १२४ शाखाहरु मार्फत २ लाख ३२ हजार सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गरिरहेको छ ।


Share this with your friends: