डिप्रोक्स लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान

2021-09-19
डिप्रोक्स लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको असोज १ गते बसेको सञ्चालक समितिको बैठकले २० औँ वार्षिक साधारण सभा डाकेको हो । 

बैठकले आगामी असोज २३ गते शनिबारका दिन भरतपुर जिल्लामा रहेको चितवन गार्डेन रिसोर्टमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा आर्थिक वर्ष २०७७/७८ को मुनाफबाट चुक्तापूँजी १ अर्ब १५ करोड ६२ लाख ४८ हजार ६१०.६९ रुपैयाँको २० प्रतिशत बोनस सेयर र १.०५३ प्रतिशत नगद लाभांस(कर प्रयोजनका लागि) गरी कुल २१.०५३ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ । 

प्रस्तावित लाभांसमा २० प्रतिशतले हुन आउने २३ करोड १२ लाख ४९ हजार ७२२.१४ रुपैयाँबराबरको बोनस सेयर र १।०५३ प्रतिशतले हुन आउने १ करोड २१ लाख ७५ हजार २९७.८७ रुपैयाँबराबरको नगद लाभांस रहेका छन् । 

यसैगरी आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गरिनेछ । सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।


Share this with your friends: