तेह्रथुम पावर कम्पनीको आईपीओ निष्कासन आजदेखि

2021-08-25
तेह्रथुम पावर कम्पनीको आईपीओ निष्कासन आजदेखि

काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले आज( भदौ ९ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि ८ करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका ८ लाख कित्ता सेयर निष्कासन गरेको हो । 

निष्कासन भएको सेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता म्युचुअल फन्डका लागि सुरक्षित राखि बाँकी रहेको ७ लाख ४४ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हो । 

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ६० हजार कित्ता सेयरका लागि दरखास्त आवेदन दिन सक्नेछन् । 

आईपीओ निष्कासन बन्द छिटोमा भदौ १३ गते र ढिलोमा भदौ २३ गते बैंकिङ समयपछि हुनेछ । 

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट गत असार १० गते स्वीकृति प्राप्त गरेको थियो । यो कम्पनीलाई केयर रेटिङ नेपाल लिमिटेडले ‘इक्राएनपी आईआ)रबीबी’ रेटिङ प्रदान गरेको छ । यो रेटिङ प्राप्त गर्ने संस्थाले वित्तीय दायित्व पुरा सक्ने सम्बन्धमा मध्यम जाखिम रहने जनाउँदछ । 


Share this with your friends: