तेह्रथुम पावर कम्पनीको आईपीओ बाँडफाँड सम्पन्न, २२ लाख बढीको हात खालि

2021-09-10
तेह्रथुम पावर कम्पनीको आईपीओ बाँडफाँड सम्पन्न, २२ लाख बढीको हात खालि

काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आईपीओ बाँडफाँड गरिएको छ । 

उक्त आईपीओ आज(भदौ २५ गते)निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालयमा आज बिहान १० बजे बाँडफाँड गरिएको हो। 

यो आईपीओमा कुल २३ लाख ५५ हजार ४४७ आवेदकबाट २ करोड ९३ लाख ७८ हजार ४०० कित्ताका लागि खरिद आवेदन परेको थियो । तीमध्ये २३ लाख ४६ हजार ६२७ आवेदन सदर भएको छ भने बाँकी ८ हजार ८२० आवेदकबाट माग भएको १ लाख ८ हजार ७६० कित्ता सेयर बदर भएको छ।  
यो आईपीओमा मागभन्दा ३९.३४ गुणा बढी आवेदन परेको क्यापिटलले जनाएको छ । 

मागभन्दा धेरै आवेदन परेकाले गोलाप्रथाबाट बाँडफाँड गरिएको यो आईपीमा ७४ हजार ४०० जनाले १० कित्ताका दरले सेयर पाएका छन् । 

बाँकी २२ लाख ७२ हजार २२७ सदर आवेदकको हात भने खालि भएको छ।  

कम्पनीले गत भदौ ९ गतेदेखि १३ गतेसम्म आम सर्वसाधारणका लागि ८ करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका ८ लाख कित्ता सेयर निष्कासन गरेको थियो। 

निष्कासन भएको सेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता म्युचुअल फन्डका लागि सुरक्षित राखि बाँकी रहेको ७ लाख ४४ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको थियो ।  


Share this with your friends: