तेह्रथुम पावर कम्पनीको सेयर रजिस्ट्रार नेपाल बंगलादेश क्यापिटल नियुक्त

2021-09-20
तेह्रथुम पावर कम्पनीको सेयर रजिस्ट्रार नेपाल बंगलादेश क्यापिटल नियुक्त

काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडको सेयर रजिस्ट्रारका रुपमा नेपाल बंगलादेश क्यापिटल लिमिटेड नियुक्त भएको छ। 

यस सम्बन्धमा नेपाल बंगलादेश क्यापिटल तथा तेह्रथुम पावर कम्पनी लिमिटेडबीच गत भदौ ३१ गते द्विपक्षीय सम्झौता भएको हो।  सम्झौतापत्रमा तेह्रथुम पावरका प्रबन्ध सञ्चालक मोहनकुमार डाँगी र नेपाल बंगलादेश क्यापिटलका नायब महाप्रबन्धक रामकुमार महतले हस्ताक्षर गरेका छन्। 

हाल तेह्रथुम पावरको प्राथमिक सेयर निष्कासन कार्य सम्पन्न भई कम्पनीको चुक्तापुँजी ४० करोड पूर्ण भइसकेको अवस्था रहेको छ। चुक्तापुँजी ४० करोडमध्ये ७० प्रतिशत अर्थात २८ करोड रकम संस्थापकबाट र बाँकी ३० प्रतिशत अर्थात १२ करोड रकम सर्वसाधारण (आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दासमेत) नेपाली नागरिकबाट कम्पनीको पुँजी उठाइएको छ।


Share this with your friends: