काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले चौथौ वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी पुस २८ गते बुधबारका दिन काठमाण्डौ बागबजारमा रहेको होटल हार्दिकमा बिहान ९ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
यसैगरी रिक्त रहेको सञ्चालक समितिको सदस्यको निर्वाचन/मनोनयन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी पुस ५ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।