थ्रिस्टार हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, बोर्डसँग माग्यो अनुमति

2021-08-10
थ्रिस्टार हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, बोर्डसँग माग्यो अनुमति

काठमाण्डौ । थ्रिस्टार हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै साउन १७ गते आवेदन दिएको हो । 

कम्पनीले १२ करोड ३१ लाख २५ हजार रुपैयाँको रु.१०० अंकित दरका १२ लाख ३१ हजार २५० कित्ता आईपीओ निष्कासनको अनुमति माग गरेको हो । 
बोृर्डबाट अनुमति माग पाएपछि कम्पनीले आयोजना प्रभावित र आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नेछ ।  

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । 


Share this with your friends: