दक्षिण एसियालि क्षेत्रमा नेपालको आर्थिक वृद्धिदर सबैभन्दा कम, महंगी पनि बढ्ने अनुमान

2020-09-15
दक्षिण एसियालि क्षेत्रमा नेपालको आर्थिक वृद्धिदर सबैभन्दा कम, महंगी पनि बढ्ने अनुमान

काठमाण्डौ । दक्षिण एसियाली मुलुकहरुमध्य सन् २०२१ को जिडीपी ग्रोथमा नेपाल सबैभन्दा पछाडि पर्नसक्ने देखिएको छ । एसियालि विकास बैंक(एडिबी)ले आज सार्वजनिक गरेको रिपोर्टमा यस्तो प्रक्षेपण गरिएको हो ।  

एडीबीले यो वर्ष नेपालको आर्थिक वृद्धिदर १.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । बैंकले यसअघि गत अप्रिल महिनामा गरेको ६.४ प्रतिशतको आर्थिक वृद्धिदरको अनुमानलाई संसोधन गर्दै नयाँ वृद्धिदर प्रक्षेपण गरेको हो । यो वृद्धिदर यसअघि नेपाल सरकारले अनुमान गरेको ७ प्रतिशत हाराहारीको आर्थिक वृद्धिदर भन्दा निकै कम छ । 

बैंकको प्रक्षेपण अनुसार यो वर्ष दक्षिण एसियालि क्षेत्रमा सबैभन्दा धेरै आर्थिक वृद्धिदर माल्दिभ्सको १०.५ प्रतिशत रहनेछ ।  
एडिबीले कोरोना महामारीका नियन्त्रण तथा रोकथाम गर्न नेपाल सरकारले जारी गरेको निषेधाज्ञा र प्रतिबन्धका कारण नेपाल आर्थिक वृद्धि दरम गिरावट आउने जनाएको छ । 

यसैगरी यो वर्षको मुद्रास्फिति दर पनि सार्वजनिक भएको छ । जसमा नेपालको अवस्था खराब देखिएको छ । एडिबीको प्रक्षेपण अनुसार यो वर्ष नेपालका मुद्रास्फिति दर दक्षिण एसियाकै सबैभन्दा दोस्रो धेरै अर्थात ५.५ प्रतिशत रहनेछ । पाकिस्तानमा सबैभन्दा धेरै, ७.५ प्रतिशत मुद्रास्फिति दर देखिने बैंकले जनाएको छ । त्यस्तै सबैभन्दा कम मुद्रास्फिति दर माल्दिभ्समा १.५ प्रतिशत रहनेछ ।   

एडिबीले आज इकोनोमिक आउटलुकमार्फत एसियाली मुलुकहरुको आर्थिक वृद्धि र मुद्रास्फिति दर को प्रक्षेपण सार्वजनिक गरेको हो । 

 


Share this with your friends: