काठमाण्डौ । दया फाउन्डेसनले सामुदायिक तथा सरकारी अस्पतालहरुलाई विभिन्न चिकित्सकीय उपकरणहरु प्रदान गरेको छ।काठमाण्डौ । फाउन्डेसनले देशमा व्याप्त कोरोना संक्रमणको उपचारका क्रममा खडा भएका चुनौती तथा समस्याहरुको समाधानमा राहत पुर्याउने उद्देश्यले चिकित्सकीय उपकरणहरु प्रदान गरेको जनाएको छ।
संस्थाले टेकु अस्पताल, वीर अस्पताल, ट्रमा सेन्टर, क्षेत्रपाटी निःशुल्क चिकित्सालय, भक्तपुर क्यान्सर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, नेपाल एम्बुलेन्स सर्भिस र आनन्द कुटी आइसोलेसन सेन्टरमा हालसम्म ६ थान हाई फ्लो नेसल क्यानुला, ५ थान ५ लिटरको अक्सिजन कन्सन्ट्रेटर, १० थान १० लिटरको अक्सिजन कन्सन्ट्रेटर, १५ थान थर्मल गन, १५ थान अक्सिमिटरका साथै १ हजार थान सुरक्षा किट (पीपीई, फेससिल्ड, सेनिटाइजर, मास्क, पन्जा) प्रदान गरेको हो।
संस्थाले सहयोग गरेका अस्पतालहरु विशेषतः निम्न आय भएकाहरुको उपचारका लागि लक्षित भएको हुँदा यो सहयोगले विपन्न वर्गको कोभिड उपचारमा टेवा पुग्ने दया फाउन्डेसनका अध्यक्ष राजेश प्रधानले विश्वास व्यक्त गरे। यसका साथै निजी क्षेत्र पनि यस विषम परिस्थितिमा अगाडि आई समाज सेवामा अग्रसर हुनुपर्नेमा उनले जोड दिए।
संस्थाबाट कोभिडसम्बन्धी कार्यक्रमहरुको समन्वय तथा संयोजन गर्दै आएका संस्थाका पूर्वअध्यक्ष किपा माथेमाका अनुसार फाउन्डेसनले विविध स्वास्थ्य उपकरणहरु उपलब्ध गराउनेमात्र नभई संक्रमितको उपचारमा संलग्न रहँदै आएका जनशक्तिको क्षमता अभिवृद्धिका लागि पनि विभिन्न तालिम पनि आयोजना गरिने बताए।
हाल फाउन्डेसनले क्रिटिकल केयर नर्सिङ संघ नेपाल र नेपाल क्रिटिकल केयर विकास फाउन्डेसनसँगको सहकार्यमा क्रिटिकल केयर नर्सिङसम्बन्धी भर्चुअल प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ।
दया फाउन्डेसन समाजसेवी स्व। दयाराम भक्त माथेमाको स्मृतिमा उनको परिवारद्वारा स्थापित पारिवारिक ट्रस्ट हो। सन् २००९ मा स्थापित यो ट्रस्टको मूलभूत उद्देश्यमा शिक्षा, स्वास्थ्य र संस्कृति पर्दछन्।
संस्थाले टेकु अस्पताल, वीर अस्पताल, ट्रमा सेन्टर, क्षेत्रपाटी निःशुल्क चिकित्सालय, भक्तपुर क्यान्सर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, नेपाल एम्बुलेन्स सर्भिस र आनन्द कुटी आइसोलेसन सेन्टरमा हालसम्म ६ थान हाई फ्लो नेसल क्यानुला, ५ थान ५ लिटरको अक्सिजन कन्सन्ट्रेटर, १० थान १० लिटरको अक्सिजन कन्सन्ट्रेटर, १५ थान थर्मल गन, १५ थान अक्सिमिटरका साथै १ हजार थान सुरक्षा किट ९पीपीई, फेससिल्ड, सेनिटाइजर, मास्क, पन्जा० प्रदान गरेको हो।