काठमाण्डौ । दराजले माछापुच्छ्रे बैंक, मेगा बैंक र हिमालयन बैंकसँग साझेदारी गरी आज बिहीबारदेखि बैंक डेज अफर पुनः सुरु गरेको छ।
यस अफरमार्फत ग्राहकले कार्ड प्रिपेमेन्ट गरेमा १५% रु ५०० सम्मको छुट पाउन सक्नेछन्। यी बैंकहरु दराजका ४ अन्य साझेदार बैंकहरू– सानिमा बैंक, एनआईसी एशिया बैंक, नाबिल बैंक, र स्टान्डर्ड चार्टर्ड बैंकसँग मिली बैंक डेज अफर पुनः सुरु गर्ने दराजले घोषणा गरेको छ। दराज बैंक डेजमार्फत ग्राहकहरु हप्ताभरि दराजका साझेदार बैंकहरुबाट छुटको मजा लिन सक्ने कम्पनीले जनाएको छ ।
माछापुच्छ्रे बैंक, मेगा बैंक र हिमालयन बैंकका कार्डधारकहरूले हरेक बिहीबार दराज एपमार्फत यो प्रस्ताव प्राप्त गर्न सक्नेछन्। जसको विवरणहरू तल दिइएका छन्–
माछापुच्छ्रे बैंक – डेबिट कार्ड भुक्तानीमा १०५ रु ५०० सम्मको छुट। क्रेडिट कार्ड भुक्तानीमा १५% रु ५०० सम्मको छुट।
मेगा बैंक – डेबिट कार्ड भुक्तानीमा १०५ रु ५०० सम्मको छुट र क्रेडिट कार्ड भुक्तानमा १५% रु ५०० सम्मको छुट।
हिमालयन बैंक – प्रिपेड र क्रेडिट कार्ड भुक्तानीमा १५% रु ५०० सम्मको छुट।
यसैगरी दराज बैंक डेज अफरअन्तर्गत ग्राहकहरु हप्ताभरि दराजका अन्य साझेदार बैंकहरुबाट उस्तै छुटको मजा लिन सक्नेछन्।
सोमबार – सानिमा बैंकको क्रेडिट कार्ड भुक्तानमा १५% रु ५०० सम्मको छुट र डेबिट कार्ड भुक्तानमा १०% रु ५०० सम्मको छुट।
बुधबार – एनआईसी एशिया बैंकको क्रेडिट कार्ड भुक्तानमा १५% रु ५०० सम्मको छुट र डेबिट कार्ड भुक्तानमा १०५ रु ५०० सम्मको छुट।
शुक्रबार – नबिल बैंकमार्फत १०% छुट ९अधिकतम रु ५०००।
शनिबार – स्टान्डर्ड चार्टर्ड बैंकमार्फत १०% छुट ९अधिकतम रु ५०००
अनलाइन भुक्तानीका लागि सक्रिय क्रेडिट र डेबिट कार्डमात्र यस प्रस्तावका लागि योग्य छन्। यसबाहेक कार्ड सक्रिय नभएमा ग्राहकले दराज एपमा गई बैंकहरुले दिएको चरणहरू अनुसरण गर्न सक्नेछन्।
त्यसैगरी इच्छुक ग्राहकले अब माथि उल्लेखित कुनै पनि बैंकको क्रेडिट कार्डका लागि पनि आवेदन दिन सक्ने दराजले जनाएको छ।