दश अर्ब बढीको कारोबारसँगै दोहोरो अंकले बढ्यो नेप्से, बीमातर्फ शिखर इन्स्योरेन्सको सेयरमूल्यमा उछाल

2021-05-16
दश अर्ब बढीको कारोबारसँगै दोहोरो अंकले बढ्यो नेप्से, बीमातर्फ शिखर इन्स्योरेन्सको सेयरमूल्यमा उछाल

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुुवै बीमा उपसूचकमा उछाल आएको छ । आज निर्जीवन बीमा उपसूचक ५९७.७७ अंकले बढ्दै १४२३८.०३ बिन्दुको उचाईमा पुुग्यो । यो दिन जीवन बीमा उपसूचक पनि ५२९.७२ को उचाईमा पुुग्यो । 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा तीनवटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गरे । आज शिखर इन्स्योरेन्सको सेयरमूल्यमा सर्वाधिक उछाल आयो । कम्पनीको सेयरमूल्य ९.९७ प्रतिशतले बढ्दै प्रतिकित्ता २१२८ रुपैयाँ कायम भयो । यस्तै आइएमई जनरलको सेयरमूल्य ९.७६ प्रतिशत र प्रुडेन्सियल इन्स्योरेन्सको सेयरमूल्य ७.५६ प्रतिशतले बढ्यो । यो दिन ज्योति लाइफको सेयरमूल्य ६.६६, हिमालयन जनरल ५.५७, एभरेष्ट इन्स्योरेन्स ४.९८, एनएलजी ४.७८, अजोड ४.६९, प्राइम लाइफ ४.६१, सूूर्या लाइफ ४.५९, लुम्बिनी जनरल ४.५९, नेशनल लाइफ ४.२२ र युनाइटेड इन्स्योरेन्सको सेयरमूल्य ३.९२ प्रतिशतले बढ्यो । 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा भने कुनै पनि बीमा कम्पनी परेनन् । 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भयो । परिसूचक ५४.२१ अंकले बढ्दै २७३८.२९ बिन्दुको उचाईमा पुुग्यो । यो दिन बजारमा २१४ कम्पनीका २ करोड १३ लाख २८ हजार ८८२ कित्ता सेयर १० अर्ब ४० करोड ३८ लाख ७९ हजारमा किनबेच भयो । 

आज बजारमा सबै समूहमा हरियाली छायो । बैंकिङ समूह २७.४३ अंकले बढेको आज व्यापार ५१.८१, होटल एण्ड टुरिजम ३५.९२, विकास बैंक ११२.५९, हाइड्रोपावर ३०.७६, वित्त १६.०६, उत्पादन तथा प्रशोधन ६३.३४, अन्य ४५.९३, लघुवित्त १०३.२३, म्युचुुअल फन्ड ०.०४ र लगानी समूह २.०४ अंकले बढ्यो ।

आज रुरु जलविद्युतको सेयरमूल्यमा सर्वाधिक उछाल आयो । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो । यस्तै शिखर इन्स्योरेन्सको सेयरमूल्य ९.९७ प्रतिशत, समता घरेलु लघुवित्त ९.९५, सप्तकोशी डेभलपमेन्ट बैंक ९.९०, प्रोगेसिभ फाइनान्स ९.९० र वरुण हाइड्रोपावरको सेयरमूल्य ९.८३ प्रतिशतले बढ्यो । 

आज यूनियन हाइड्रोपावरको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो । कम्पनीको सेयरमूल्य ५.५० प्रतिशतले घट्यो । 

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । कम्पनीको आज ८५ करोड २० लाख बढीको सेयर कारोबार भयो भने एनसीसी बैंकको ३१ करोड ५७ लाख र निफ्राको २९ करोड ४९ लाख बढीको सेयर कारोबार भयो । 


Share this with your friends: