काठमाण्डौ । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड र आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।
साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि उन्नती सहकार्य लघुवित्तले चैत १८ गते र आरम्भ चौतारीले चैत १८ देखि ३१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै संस्थाहरुद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य हुनेछन्।
उन्नती सहकार्य लघुवित्तले गत आर्थिक वर्षका लागि १७.८१ प्रतिशत बोनस सेयरको प्रस्ताव गरेको छ। यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी चैत ३१ गते आयोजना हुने छैठौँ वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ।
यस्तै आरम्भ चौतारी लघुवित्तले पनि गत आर्थिक वर्षका लागि ८.८५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ। यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी चैत ३१ गते आयोजना हुने पाचौँ वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ।