दुईवटा हाइड्रो कम्पनीद्वारा आईपीओ निष्कासनको अनुमति माग

2021-12-08
दुईवटा हाइड्रो कम्पनीद्वारा आईपीओ निष्कासनको अनुमति माग

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)समक्ष दुईवटा हाइड्रो कम्पनीले आईपीओ निष्कासनको माग गर्दै आवेदन दिएका छन् । सुपरमाई हाइड्रोपावर लिमिटेड र सान्जेन जलविद्युत कम्पनीले आईपीओ निष्कासनको माग गर्दे मंसिर २० गते बोर्डमा आवेदन दिएका हु्न् । 

सुपरमाई हाइड्रोपावरले १० करोड रुपैयाँको रु.१०० अंकित दरका १० लाख कित्ता आईपीओ निष्कासनको अनुमति माग गरेको हो । कम्पनीले आयोजना प्रभावित र आम सर्वसाधारणका लागि गरी दुई चरणमा आईपीओ निष्कासन गर्नेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । 

त्यस्तै सान्जेन जलविद्युत कम्पनीले स्थानिय बासिन्दाका लागि ३६ करोड ५० लाख रुपैयाँको रु.१०० अंकित दरका ३६ लाख ५० हजार कित्ता आईपीओ निष्कासनको अनुमति माग गरेको हो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा नागरिक लगानी कोष रहेको छ । कम्पनीले आम सर्वसाधारणका लागि युसअघि नै आईपीओ जारी गरिसकेको छ ।  


Share this with your friends: