काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा समूहमा उछाल आएको छ। १२ वटा समूहमध्ये आज सबैभन्दा धेरै वृद्धि जीवन बीमा समूहमा आयो। आज जीवन बीमा समूह ३७६ अंकले बढ्दै १४४८३.२३ को उचाईमा पुग्यो। यो दिन निार्जीवन बीमा समूह पनि २७३.२७ अंकले उकालो लाग्दै १०५६५.६६ को बिन्दुमा पुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा दुईवटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल रहे। आज आइएमई जनरलको सेयरमूल्य १० प्रतिशतmे बढ्दै पोजेटिभ सक्रिट लाग्यो। यो बढोत्तरीसँगै कम्पनीको सेयरमूल्य प्रतिकित्ता ८२५ रुपैयाँ कायम भएको छ। यस्तै आज प्रभु लाइफको सेयरमूल्य पनि ९.७८ प्रतिशतले बढ्दै प्रतिकित्ता २४७ रुपैयाँ कायम भएको छ।
यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीको रुपमा प्रिमियर इन्स्योरेन्स कम्पनी रह्यो। आज यो कम्पनीको सेयरमूल्य २.२९ प्रतिशतले घट्दै प्रतिकित्ता १०६५ रुपैयाँ कायम भयो।
बजारमा अरु के–के भयो ?
अघिल्लो कारोबार दिनको सामान्य अंकको वृद्धिलाई सुधार गर्दै आज बजारमा दोहोरो अंकको बढोत्तरी आएको छ। आज नेप्से परिसूचक २८.३१ अंकले बढ्दै २२६७.७३ को रेकर्डतोड उचाईमा पुग्यो। यो दिन बजारमा २०२ कम्पनीका १ करोड ३५ लाख ३१ हजार २२७ कित्ता सेयर ४ अर्ब ९८ करोड २३ लाख ९१ हजार ८९७ रुपैयाँमा किनबेच भयो।
१२ वटा समूहमध्ये आज बजारमा एउटा समूह बाहेक अन्य सबै समूहमा हरियाली छायो। बैंकिङ समूह १४.५४ अंकले बढेको आज होटल ९.९३, विकास बैंक १९.४, हाइड्रोपावर ६०.९१, वित्त २३.१४, उत्पादन तथा प्रशोधन ६.८९, अन्य ६.४८, लघुवित्त ५३.१९ र म्युचुअल फन्ड ०.१ अंकले बढे।
आज आइएमई जनरलको सेयरमूल्यमा सर्वाधिक १० प्रतिशतको बढोत्तरी आएको छ। यस्तै आरम्भ चौतारी लघुवित्तको सेयरमूल्य ९.९८, कर्पाेरेट डेभलपमेन्ट बैंक ९.९३, युनाइटेड फाइनान्स ९.९०, अपर तामाकोशिको सेयरमूल्य ९.८९ प्रतिशतले बढ्यो।
आज नेपाल हाईड्रो डेभलपर्सको सेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ। कम्पनीको सेयरमूल्य ३.७८ प्रतिशतले घट्यो भने प्रिमियर इन्स्योरेन्स २.२९, सिभिल घलुवित्त २.२२ र तारागाँउ रिजेन्सीको सेयरमूल्य १.६३ प्रतिशतले घट्यो।
यो दिन प्रिमियर इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भएको छ। आज कम्पनीको २९ करोड ६ लाख बढीको सेयर कारोबार भयो। यसैगरी प्रभु बैंकको १६ करोड ८ लाख, अपर तामाकोशि १५ करोड ७१ लाख, नेपाल लाइफ इन्स्योरेन्स १५ करोड ५५ लाख र नेशनल लाइफको १४ करोड ९७ लाख बढीको सेयर कारोबार भएको छ।