काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको साउन २७ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा डाकेको हो ।
बैठकलेृ आगामी असोज ६ गते त्रिपुरेश्वर काठमाण्डौमा रहेको कम्पनीको कार्यालयमा बिहान ११ बजे भर्चुअल माध्यम जुममार्फत सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र यसमा नियामक निकायबाट कुनै थपघट गर्न निर्देशन भएमा सोहि बमोजिम संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै सञ्चालक समितिको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ । संस्थापक सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
कम्पनी आईपीओ निष्कासनको तयारीमा रहेको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै गत वैशाख २१ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले २९ करोड ५१ लाख ९२ हजार रुपैयाँ बराबराको रु। १०० अंकित दरका २९ लाख ५१ हजार ९२९ कित्ता सेयर आईपीओ निष्कासनको अनुमति माग गरेको छ ।
कम्पनीको २०७७ माघ ९ गते सम्पन्न वार्षिक साधारण सभाले आईपीओ निष्कासनको प्रस्ताव पारित गरेको थियो ।