काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज निर्जीवन बीमा समूह उकालो लागेको छ। आज यो समूह ७९.३४ अंकले बढ्दै ११७८५.६६ को उचाईमा पुग्यो। यो दिन जीवन बीमा समूह भने ओरालो लागेको छ। जीवन बीमा समूह ८८.५८ अंकले घट्दै १६८६०.०७ को बिन्दुमा सीमित बन्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीको रुपमा प्रभु लाइफ इन्स्योरेन्स कम्पनी रह्यो। कम्पनीको सेयरमूल्य ९.८७ प्रतिशतले बढ्दै प्रतिकित्ता ५२३ रुपैयाँ कायम भयो।
त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा भने कुनै पनि बीमा कम्पनी परेनन्।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ। परिसूचक १६.०४ अंकले बढ्दै २४४०.८७ बिन्दुको उचाईमा पुग्यो। यो दिन बजारमा २०८ कम्पनीका १ करोड ९२ लाख ८५ हजार ५०४ कित्ता सेयर ८ अर्ब ९० करोड ३५ लाख ३८ हजार ७३१ रुपैयाँमा किनबेच भयो।
आज १२ वटा समूहमध्ये ५ वटा समूहमा मात्रै हरियाली छायो भने अन्य सबै समूहमा रातो पोतियो। आज व्यापार समूहमा सबैभन्दा बढोत्तरी आयो। यो समूह ९०.७७ अंकले बढ्यो भने बैंकिङ समूह २४.२२, अन्य ३१.६ र म्युचुअल फन्ड ०.०५ अंकले बढे।
त्यस्तै होटल समूह २४.०७ अंकले घटेको आज विकास बैंक २०.७७, हाइड्रोपावर ३.५६, वित्त ६.७८, उत्पादन तथा प्रशोधन १७.९१ र लघुवित्त ४९.६ अंकले घटे।
आज नागरिक लगानी कोषको सेयरमूल्यमा सर्वाधिक उछाल आयो। कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो भने गुराँस लघुवित्तको ९.९५, प्रभु लाइफ ९.८७, माउन्टेन इनर्जी ९.८१ र नेशनल हाइड्रोपावरको सेयरमूल्य ९.४० प्रतिशतले बढ्यो। यो दिन सबैभन्दा धेरै गुमाउने कम्पनीको रुपमा श्रि इन्भेष्टमेन्ट फाइनान्स रह्यो। कम्पनीको सेयरमूल्य ६.९८ प्रतिशतले घट्यो। त्यस्तै सिन्धु विकास बैंकको सेयरमूल्य ५.४७, प्रोगेसिभ फाइनान्स ५.४१, ग्रामिण विकास लघुवित्त ५.०४ र नेपाल फाइनान्सको सेयरमूल्य ४.८१ प्रतिशतले घट्यो।
यो दिन नेपाल लाइफको सर्वाधिक सेयर कारोबार भयो। आज कम्पनीको ६० करोड ३७ लाख बढीको सेयर कारोबार भयो भने नविल बैंकको ३३ करोड ३७ लाख, एनसीसी बैंक ३१ करोड ३५ लाख, एनआईसी एशिया बैंक २९ करोड ७६ लाख र नेपाल बैंक लिमिटेडको २८ करोड ६० लाख बढीको सेयर कारोबार भयो।