काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा बढोत्तरी आएको छ। आज जीवन बीमा उपसूचक १९७.७९ अंकले बढ्दै १७४१३.७१ को उचाईमा पुग्यो। आज निर्जीवन बीमा उपसूचक पनि १६३.७६ अंकले बढ्दै १३७४८.८० बिन्दुको उचाईमा पुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा दुईवटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल रहे। आज ज्योति लाइफ इन्स्योरेन्सको सेयरमूल्य ९.८६ प्रतिशतले बढ्दै प्रतिकित्ता ४६८ रुपैयाँ कायम भयो। यसैगरी आज अजोड इन्स्योरेन्सको सेयरमूल्य ८.०५ प्रतिशतले बढ्दै प्रतिकित्ता ९१३ रुपैयाँ कायम भयो।
त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा भने कुनै पनि बीमा कम्पनी परेनन्।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भयो। परिसूचक १७.२० अंकले बढ्दै २६९१.५५ को बिन्दुको उचाईमा पुग्यो। यो दिन बजारमा २१६ कम्पनीका १ करोड ३६ लाख ३२ हजार ८ सय कित्ता सेयर ७ अर्ब ५० करोड ४७ लाख २१ हजार ७२९ रुपैयाँमा किनबेच भयो।
आज बजारमा ७ वटा समूहमा हरियाली छायो। बैंकिङ समूह १७.८१ अंकले बढेको आज विकास बैंक ३९.३६, उत्पादन तथा प्रशोधन १४.०६, लघुवित्त १८८.५६ र म्युचुअल फन्ड ०.०२ अंकले बढ्यो।
आज होटल एण्ड टुरिजम समूहमा सबैभन्दा धेरै गिरावट आयो। यो समूह ७५.१९ अंकले घटेको आज व्यापार ६९.६२, हाइड्रोपावर ४२.६७, वित्त १.३६, अन्य २९.७२ र लगानी समूह ०.३३ अंकले घट्यो।
आज एनआईसी एशिया लघुवित्तको सेयरमूल्यमा सर्वाधिक अर्थात ९.९६ प्रतिशतको उछाल आयो। यस्तै महिला लघुवित्तको सेयरमूल्य ९.९५ प्रतिशत, छ्यांदी हाइड्रोपावर ९.८७, ज्योति लाइफ इन्स्योरेन्स ९.८६, सिन्धु विकास बैंक ९.८०, गुराँस लघुवित्त ८.८२ र एक्सेल डेझपमेन्ट बैंकको सेयरमूल्य ८.५९ प्रतिशतले बढ्यो।
आज सान्जेन जलविद्युत कम्पनीको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य ४.४१ प्रतिशतले घट्यो। अर्काे हाइड्रो कम्पनीका हिमाल दोलखाको सेयरमूल्य पनि ३.९५ प्रतिशतले घट्यो। आज युनाइटेड मोदी हाइड्रोको सेयरमूल्य ३.६५, युनिभर्सल र रसुवागढी हाइड्रोको सेयरमूल्य ३.३६ प्रतिशतले घट्यो।
आज सर्वाधिक कारोबार गर्ने कम्पनीको सूचीमा एनआईसी एशिया बैंक शीर्ष स्थानमा रह्यो। आज बैंकको २५ करोड ७ लाख बढीको सेयर कारोबार भयो। त्यस्तै नविल बैंकको २४ करोड ५३ लाख, निफ्रा २२ करोड ११ लाख, नेपाल बैंक लिमिटेड २१ करोड ४६ लाख र ग्रामिण विकास लघुवित्तको १९ करोड ८१ लाख बढीको सेयर कारोबार भयो।