दोहोरो अंकले बढ्यो नेप्से, बीमातर्फ प्रभु इन्स्योरेन्सको सेयरमूल्य उछाल

2021-07-27
दोहोरो अंकले बढ्यो नेप्से, बीमातर्फ प्रभु इन्स्योरेन्सको सेयरमूल्य उछाल

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक २६०.०८ अंकले बढ्दै १७९२१.८५ बिन्दुको उचाईमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १२०.२६ अंकले बढ्दै १४६११.७० बिन्दुको उचाईमा पुग्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमातर्फ प्रभु इन्स्योरेन्सको सेयरमूल्यमा सर्वाधिक उछाल आयो। कम्पनीको सेयरमूल्य ७.६० प्रतिशतले बढ्दै प्रतिकित्ता १११८ रुपैयाँ कायम भयो। 

आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा बीमा कम्पनी पर्यो। आज नेपाल इन्स्योरेन्सको सेयरमूल्य ३.८० प्रतिशतले घट्दै प्रतिकित्ता १०९० रुपैयाँ कायम भयो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचक दोहोरो अंकले बढ्यो। परिसूचक २९.२४ अंकले बढ्दै ३०७९.६७ बिन्दुको उचाईमा पुग्यो। यो दिन २२५ कम्पनीका ३ करोड २३ लाख ५५ हजार २६० कित्ता सेयर १५ अर्ब १७ करोड ६ लाख ५१ हजार ६४३ रुपैयाँमा किनबेच भयो। 

१३ वटा समूहमध्ये आज ९ वटा समूहमा हरियाली आयो। उत्पादन तथा पशोधन समूहमा आज सबैभन्दा धेरै वृद्धि भयो। यो समूह ३०५.१८ अंकले बढ्यो। विकास बैंक समूह ३५.५७ अंक, हाइड्रो ११९, वित्त ७१.०४, अन्य ६०.३४, म्युचुअल फन्ड ०.१३ र लगानी समूह ३.०५ अंकले बढ्यो। 

लघुवित्त समूहमा आज सबैभन्दा धेरै गिरावट आयो। यो समूह ११६.६६ अंकले घट्यो। त्यस्तै बैंकिङ समूह ३.६३, व्यापार २.५७ र होटल एण्ड टुरिजम १८.७७ अंकले घट्यो। 

आज ६ वटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो। १० प्रतिशत मूल्य वृद्धि हुनेमा मल्टीपपर्स फाइनान्स, खानीखोला हाइड्रोपावर, युनाइटेड मोदि हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर्स, जोशी हाइड्रोपावर र घलेम्दी हाइड्रोपावर कम्पनी रहे। 

आज सर्पोट माइक्रोफाइनान्सको सेयरमूल्यमा सर्वाधिक अर्थात ५.७७ प्रतिशतको गिरावट आयो। त्यस्तै आज उन्नती सहकार्य लघुवित्तको सेयरमूल्य ४.६८, जनउत्थान लघुवित्तको ४.०६ र स्वाभिमान लघुवित्तको सेयरमूल्य ३.९६ प्रतिशतले घट्यो। 

यो दिन एनआईसी एशिया बैंकको सर्वाधिक कारोबार भयो। आज बैंकको ४९ करोड १५ लाख बढीको सेयर कारोबार भयो। यसैगरी आज अपि पावर कम्पनीको ४८ करोड ३२ लाख, युनाइटेड मोदि हाइड्रो ३६ करोड २४ लाख र सानिमा माई हाइड्रोको ३५ करोड २८ लाख बढीको सेयर कारोबार भयो।

 


Share this with your friends: