दोहोरो अंकले बढ्यो नेप्से, बीमातर्फ यूनियन लाइफको सेयरमूल्यमा उछाल

2021-08-10
दोहोरो अंकले बढ्यो नेप्से, बीमातर्फ यूनियन लाइफको सेयरमूल्यमा उछाल

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक २११.७२ अंकले बढ्दै १८१७२.२८ बिन्दुको उचाईमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १४२.३३ अंकले बढ्दै १४३२६.१० बिन्दुको उचाईमा पुग्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमातर्फ आज यूनियन लाइफको सेयरमूल्यमा सर्वाधिक उछाल आयो। कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढ्दै प्रतिकित्ता ६४२ रुपैयाँ कायम भयो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भयो। परिसूचक ५१.८६ अंकले बढ्दै ३१६१.४४ बिन्दुको उचाईमा पुग्यो। यो दिन बजारमा २२५ कम्पनीका ३ करोड ३५ लाख ३५ हजार २१३ कित्ता सेयर १७ अर्ब ८४ करोड ६१ लाख ४७ हजार २७९ रुपैयाँमा किनबेच भयो। 

आज १३ वटा समूहमध्ये १० वटा समूहमा हरिायाली छायो भने अन्य ३ वटा समूहमा रातो पोतियो। आज सबैभन्दा धेरै वृद्धि विकास बैंक समूहमा आयो। यो समूह ४०६.४४ अंकले बढेको आज बैंकिङ समूह ३९.०४, वित्त १९०.६४, उत्पादन तथा प्रशोधन ४४.५४, अन्य ८.८३, लघुवित्त ७३.४४, म्युचुअल फन्ड ०.०७ र लगानी समूह २.१५ अंकले बढ्यो। 

आज व्यापार समूह ६७.२८, होटल एण्ड टुरिजम ८.७८ र वित्त समूह ३.०१ अंकले घट्यो। 

आज ११ वटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो। वेष्ट फाइनान्स कम्पनी, श्री इन्भेष्टमेन्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, गृहेश्वरी मर्चेन्ट, आईसीइफसी फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, महालक्ष्मी विकास बैंक, ज्योति विकास बैंक, कामना सेवा विकास बैंक, सिन्धु विकास बैंक र जीवन विकास लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढ्यो। 

आज सान्जेन जलविद्युत कम्पनीको सेयरमूल्य सर्वाधिक अर्थात ५.१६ प्रतिशतले घट्यो। 

यो दिन अपर तामाकोशीको सर्वाधिक सेयर कारोबार भयो। यो कम्पनीको आज ८९ करोड ५८ लाख बढीको सेयर कारोबार भयो। त्यस्तै अरुण भ्यालि हाइड्रोपावरको ५३ करोड ७ लाख, अपि पावरको ५१ करोड ९२ लाख र ज्याति विकास बैंकको ४८ करोड ८द्ध लाख बढीको सेयर कारोबार भयो।  

 


Share this with your friends: