काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचकमा ३०४.२ अंकले घट्दै १७२७३.७४ बिन्दुमा झर्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि २५३.०७ अंकले ओरालो लाग्दै १४१६२.५५ बिन्दुमा सीमित भयो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्।
त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। बीमातर्फ आज प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमूल्य सर्वाधिक घट्यो। यो कम्पनीको सेयरसमूल्य ३.८० प्रतिशतले घट्दै प्रतिकित्ता ९६१ रुपैयाँ कायम भयो। त्यस्तै सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमूल्य ३.२६, लुम्बिनी जनरल इन्स्योरेन्स, ३.२४, नेको २.७४ र सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य २.६९ प्रतिशतले घट्यो।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। परिसूचक ४९.१८ अंकले घट्दै ३०४४.८६ बिन्दुमा झर्यो। यो दिन बजारमा २२७ कम्पनीका २ करोड ४८ लाख ८८ हजार ३१३ कित्ता सेयर १५ अर्ब ६५ करोड १२ लाख ४४ हजार ५०५ रुपैयाँमा किनबेच भयो।
१३ वटा समूहमध्ये आज वित्त समूह मात्रै बढ्यो भने अन्य सबै समूहमा रातो पोतियो। बैंकिङ समूह ३०.०५ अंकले घटेको आज व्यापार ६२.१६, होटल एण्ड टुरिजम ३१.७१, विकास बैंक ५३.१९, हाइड्रोपावर ८९.२६, उत्पादन तथा प्रशोधन ३८.४८, अन्य ३६.६२, लघुवित्त ११५.२, म्युचुअल फन्ड ०.०६ र लगानी समूह १.९३ अंकले घट्यो।
आज दुुईवटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो। आज नारायणी डेभलपमेन्ट बैंक र खानीखोला हाइड्रोको सेयरमूल्य १० प्रतिशतले बढ्यो। त्यस्तै अरुण भ्याली हाइड्रोका सेयरमूल्य ७.५६,जानकी फाइनान्स ६.९९ र सिभिल लघुवित्तको सेयरमूल्य ६.३० प्रतिशतले बढ्यो।
आज रुरु जलविद्युत कम्पनीको सेयरमूल्य १० प्रतिशतले घट्यो।
यो दिन अरुण भ्यालि हाइड्रोपावरको सर्वाधिक सेयर कारोबार भयो। आज कम्पनीको १ अर्ब ३१ करोड ८३ लाख बढीको कारोबार भयो भने अरुण काबेली हाइड्रोपावर, ८७ करोड ९ लाख र जनता विकास लघुवित्तको ७४ करोड ९२ लाख बढीको सेयर कारोबार भयो।