काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक १९९.६४ अंकले बढ्दै १५१९३.०५ बिन्दुमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ७२.०२ अंकले बढ्दै १२१४९.६७ बिन्दुको उचाईमा पुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो। आज एलआईसी नेपालको सेयरमूल्य ४.२८ प्रतिशतले बढ्दै प्रतिकित्ता १९२४ रुपैयाँ कायम भयो।
त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्।
जारमा अरु के–के भयो ?
आज नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भयो। परिसूचक १३.३८ अंकले बढ्दै २७१२.०७ बिन्दुमा पुग्यो। यो दिन बजारमा २२३ कम्पनीका १ करोड ५३ लाख ६ हजार ६०१ कित्ता सेयर ७ अर्ब ३६ करोड ४७ लाख ९८ हजार ६५२ रुपैयाँमा किनबेच भयो।
१३ वटा उपसूचकमध्ये आज ९ वटा उपसूचकमा हरियाली आयो। बैंकिङ उपसूचक ३.७४ अंकले बढेको आज होटल एण्ड टुरिजम ७६.०९, विकास बैंक २७.३७, हाइड्रोपावर २२.८३, अन्य १३.८१, लघुवित्त १४.४९ र लगानी उपसूचक १.४७ अंकले बढ्यो।
व्यापार उपसूचकमा आज सबैभन्दा धेरै गिरावट आयो। यो उपसूचक ५०.२५ अंकले घट्यो। वित्त उपसूचक १८.४५, उत्पादन तथा प्रशोधन १९.०१ र म्युचुअल फन्ड ०.०१ अंकले घट्यो।
आज मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ९.९९ प्रतिशतको उछाल आयो। त्यस्तै रुरु जलविद्युत कम्पनीको सेयरमूल्य ५.७८, निफ्राको ४.६६ र एलआईसी नेपालको सेयरमूल्य ४.२८ प्रतिशतले बढ्यो।
आज एक्सेल डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक घट्यो। बैंकको सेयरमूल्य ३.४२ प्रतिशतले घट्यो।
यो दिन अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक सेयर कारोबार भयो। आज कम्पनीको २५ करोड ४४ लाख बढीको सेयर कारोबार भयो भने नबिल बैंकको २० करोड ५६ लाख र निफ्राको २० करोड ४६ लाख बढीको कारोबार भयो।