दोहोरो अंकले बढ्यो बजार, बीमातर्फ प्रभु इन्स्योरेन्सको सेयरमूूल्यमा उछाल

2021-11-16
दोहोरो अंकले बढ्यो बजार, बीमातर्फ प्रभु इन्स्योरेन्सको सेयरमूूल्यमा उछाल

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन् । आज जीवन बीमा उपसूचक २६८.१२ अंकले बढ्दै १५४२७.३८ बिन्दुमा पुग्यो । त्यस्तै आज निर्जीवन बीमा उपसूचक पनि १८८.२४ अंकले बढ्दै १२६२५.८१ बिन्दुमा पुग्यो । 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा बीमा कम्पनील मात्रैे आफ्नो स्थान सुरक्षित गर्न सफल भयो । आज प्रभु इन्स्योरेन्स कम्पनीको सेयरमूल्य ९.५३ प्रतिशतले बढ्दै प्रतिकित्ता ८८५ रुपैयाँ कायम भयो । त्यस्तै गुराँस लाइफको सेयरमूल्य ८.४३, सानिमा जनरल ८.२४, युनियन लाइफ ६.१२ र प्रभु लाइफ इन्स्योरेन्सको सेयरमूल्य ६.२४ प्रतिशतले बढ्यो ।  

आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको दुईवटा बीमा कम्पनी परे । आज एनएलजी इन्स्योरेन्सको सेयरमूल्य ०.९५ र शिखर इन्स्योरेन्सको सेयरमूल्य ०.८६ प्रतिशतले घट्यो । 

बजारमा अरु के–के भयो ?

आज पनि नेप्से परिसूचकमा दोहोरो अंकको बढोत्तरी आयो । परिसूचक ६९.२२ अंकले बढ्दै २७८४.५७ बिन्दुको उचाईमा पुग्यो । यो दिन बजारमा २२७ कम्पनीका १ करोड ९३ हजार २२१ कित्ता सेयर ५ अर्ब ५२ करोड १६ लाख ५० हजार ८५७ रुपैयाँमा किनबेच भयो । 

आज बजारमा सबै उपसूचकमा हरियाली छायो । बैंकिङ समूह ३४.३९ अंकले बढेको आज व्यापार ६३.४२, होटल एण्ड टुरिजम ७०.६, विकास बैंक १११.२४, हाइड्रो १६४.२, वित्त ८२.३८, उत्पादन तथा प्रशोधन १२८.१५, अन्य १११.७६, लघुवित्त ८९.५५, म्युचुअल फन्ड ०.१३ र लगानी उपसूचक १.५९ अंकले बढ्यो । 

आज ६ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सक्र्रिट लाग्यो । नेपाल बंगलादेश बैंक, एनटीसी, महालक्ष्मी विकास बैंक पन्चकन्या मारुईहाईड्रो, अपर तामाकोशी र मैलुङ खोला जलविद्युत कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो । 

आज विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सबैभन्दा धेरै गिरावट आयो । यो संस्थाको सेयरमूल्य २.३७ प्रतिशतले घट्दै प्रतिकित्ता १६५० रुपैयाँ कायम भयो ।

यो दिन महालक्ष्मी विकास बैंकको सर्वाधिक सेयर कारोबार भयो । आज बैंकको ३७ करोड २६ लाख बढीको सेयर कारोबार भयो भने नेशनल हाइड्रोपावरको ३० करोड ४२ लाख, अपि पावर २३ करोड ३६ लाख र लुम्बिनी विकास बैंकको १८ करोड २४ लाख बढीको सेयर कारोबार भयो ।   


Share this with your friends: