काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ । आज जीवन बीमा उपसूचक २२७.४६ अंकले ओरालो लाग्दै १५११७.७० बिन्दुमा झर्यो । त्यस्तै निर्जीवन बीमा उपसूचक पनि २०४.३५ बिन्दुले घट्दै १२४१५.२२ बिन्दुमा सीमित भयो ।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन् ।
त्यस्तै आज सबैभन्दा धेरै गमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन् । बीमातर्फ आज रिलायन्स लाइफको सेयरमूल्य सर्वाधिक घट्यो । रिलायन्स लाइफको सेयरमूल्य ३.५९ प्रतिशतले घट्दै प्रतिकित्ता ५३५ रुपैयाँ कायम भयो ।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो । परिसूचक ३२.३९ अंकले घट्दै २७६९.१३ बिन्दुमा झर्यो । यो दिन बजारमा २२४ कम्पनीका ९८ लाख ६२ हजार ९४० कित्ता सेयर ६ अर्ब २७ करोड १८ लाख ६७ हजार २३० रुपैयाँमा किनबेच भयो ।
आज सबै उपसूचकमा गिरावट आयो । बैंकिङ उपसूचक २२.१९ अंकले घटेको आज व्यापार ६९.५४, होटल एण्ड टुरिजम ५१.५६, विकास बैंक १११.६१, हाइड्रोपावर ९३.२८, वित्त २७.७, उत्पादन तथा प्रशोधन ७८.०७, अन्य १९.३३, लघुवित्त ९.६४, म्युचुअल फन्ड ०.०६ र लगानी उपसूचक १.५ अंकले घट्यो ।
आज मानुषी लघुवित्तको सेयरमूल्य सर्वाधिक बढ्यो । यो संस्थाको सेयरमूल्य १० प्रतिशतले बढ्दै सकारात्मक सक्र्रिट लाग्यो । त्यस्तै तेह्रथुम पावर कम्पनीको सेयरमूल्य ९.९९, नारायणी डेभलपमेन्ट बैक ६.५२, फस्र्ट माईक्रोफाइनान्स ६.४९, मन्जुश्री फाइनान्स ३.५१ र गृह्वेश्वरी मर्चेन्ट फाइनान्सको सेयरमूल्य ३.४७ प्रतिशतले बढ्यो ।
आज मैलुङ खोला जलविद्युत कम्पनीको सेयरमूल्य सर्वाधिक घट्यो । कम्पनीको सेयरमूल्य ५.०३ प्रतिशतले घट्यो ।
यो दिन एनटीसीको सर्वाधिक सेयर कारोबार भयो । आज एनटीसीको ६० करोड ४४ लाख बढीको सेयर कारोबार भयो भने महालक्ष्मी विकास बैंकको ५७ करोड २८ लाख र अपर तामाकोशीको ३९ करोड ५० लाख बढीको सेयर कारोबार भयो ।