काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ । आज जीवन बीमा उपसूचक १८९.५२ बिन्दुमा सीमित भयो । यो दिन निर्जीवन बीमा उपसूचक पनि २०१.५ अ.कले ओरालो लाग्दै १२२४९.०४ बिन्दुमा झर्यो ।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन् ।
त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन् । बीमातर्फ भने युनियन लाइफको सेयरमूल्य सर्वाधिक घट्यो । यो कम्पनीको सेयरमूल्य ३.९० प्रतिशतले घट्दै प्रतिकित्ता ६६२ रुपैयाँ कायम भयो । सानिमा जनरलको सेयरमूल्य ३.४७, हिमालयन जनरल ३.२७ र लुम्बिनी जनरलको सेयरमूल्य २.२८ प्रतिशतले घट्यो ।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो । परिसूचक ३२.२९ अंकले घट्दै २७३३.१४ बिन्दुमा सीमित भयो । यो दिन बजारमा २२७ कम्पनीका ७४ लाख ४८ हजार ३६६ कित्ता सेयर ४ अर्ब १६ करोड ५८ लाख ९६ हजार ५७८ रुपैयाँमा किनबेच भयो ।
आज बजारमा एउटा उपसूचक बाहेक अन्य सबै उपसूचकमा रातो पोतियो । आज अन्य उपसूचक १९.९३ अंकले बढ्यो ।
बैंकिङ उपसूचक १५.४ अंकले घटेको आज व्यापार ४५.५१, होटल एण्ड टुरिजम ९३.५५, विकास बैंक ११९.९८, हाईड्रोपावर ७५.४४, वित्त ८८.७, उत्पादन तथा प्रशोधन १०१.०५, लघुवित्त ५६.०४, म्युचुअल फन्ड ०.०७ र लगानी उपसूचक १.३४ अ.कले घट्यो ।
आज माुनषी लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढ्यो । त्यस्तै एनटीसीको सेयरमूल्य २.५९ र गणपति लघुवित्तको सेयरमूल्य २.४९ प्रतिशतले बढ्यो ।
आज आईसीएफसी फाइनान्सको सेयरमूल्य सर्वाधिक घट्यो । कम्पनीको सेयरमूल्य ५.८४ प्रतिशतले घट्यो ।
यो दिन एनटीसीको सर्वाधिक सेयर कारोबार भयो । कम्पनीको आज ४१ करोड ५७ लाख बढीको सेयर कारोबार भयो ।