दोहोरो अंकले उकालो लाग्यो बजार, बीमातर्फ युनियन लाइफको सेयरमूल्यमा उछाल

2021-12-06
दोहोरो अंकले उकालो लाग्यो बजार, बीमातर्फ युनियन लाइफको सेयरमूल्यमा उछाल

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक १२३.२ अंकले बढ्दै १३४८७.९७ बिन्दुको उचाईमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि २६.०९ अंकले उकालो लाग्दै ११२८३.७१ बिन्दुमा पुग्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो। आज युनियन लाइफको सेयरमूल्य ६.२० प्रतिशतले बढ्दै प्रतिकित्ता ६४८ रुपैयाँ कायम भयो। 

त्यस्तै आज सबैभन्दा धेरै गुुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भयो। परिसूचक ३२.२२ अंकले बढ्दै २५४६.०८ बिन्दुको उचाईमा पुग्यो। यो दिन बजारमा २२७ कम्पनीका ९४ लाख ७१ हजार ३११ कित्ता सेयर ४ अर्ब ५४ करोड २३ लाख ४५ हजार २७१ रुपैयाँमा किनबेच भयो। 

आज बजारम सबै उपसूचकमा हरियाली छायो। बैंकिङ उपसूचक १३ अंकले बढेको आज व्यापार ३.८८, होटल एण्ड टुरिजम ४१.८, विकास बैंक १५७.१३, हाइड्रोपावर ८२.५३, वित्त ५७.८७, उत्पादन तथा प्रशोधन ६२.२८, अन्य ३१.५२, लघुवित्त ६५.४१, म्युचुअल फन्ड ०.०१ र लगानी उपसूचक ०.६८ अंकले बढ्यो। 

आज मेरोमाइक्रोफाइनान्स कम्पनीको सेयरमूल्य मा सर्वाधिक उछाल आयो। कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो। त्यस्तै एक्सेल डेभलपमेन्ट बैंकको सेयरमूल्य ९.५५, साहस उर्जाको ८.१७, महुली सामुदायिक लघुवित्त ७.६९ र बोटलर्स नेपाल तराइको सेयरमूल्य ७.३७ प्रतिशतले बढ्यो। 
आज जनउत्थान सामुदायिक लघुवित्तको सेयरमूल्य सर्वाधिक घट्यो। संस्थाको सेयरमूल्य ६.८८ प्रतिशतले घट्यो। न्यादी हाइड्रोपावरको सेयरमूल्य ४.७१, युनिलिभर नेपाल लिमिटेड २.६५ र सबैको लघुवित्तको सेयरमूल्य १.८९ प्रतिशतले घट्यो। 

यो दिन नबिल बैंकको सर्वाधिक सेयर कारोबार भयो। आज बैंकको १७ करोड १५ लाख बढीको सेयर कारोबार भयो भने नेशनल हाइड्रोपावर १५ करोड ३२ लाख र हिमालयन डिस्टीलरीको १४ करोड ९७ लाख बढीको सेयर कारोबार भयो।  

 


Share this with your friends: