दोहोरो अंकको वृद्धिका साथ वर्षको सुखद अन्त्य, बीमातर्फ ज्योति लाइफको मूल्यमा उछाल

2021-04-13
दोहोरो अंकको वृद्धिका साथ वर्षको सुखद अन्त्य, बीमातर्फ ज्योति लाइफको मूल्यमा उछाल

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक ८८.९२ अंकले घट्दै १३६५९.८७ को बिन्दुमा झर्यो। यो दिन जीवन बीमा उपसूचक पनि ५१.२८ अंकले ओरालो लाग्दै १७३६२.४३ को बिन्दुमा सीमित बन्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल रह्यो। आज ज्योति लाइफ इन्स्योरेन्सको सेयरमूल्य ९.८३ अंकले बढ्दै प्रतिकित्ता ५१४ रुपैयाँ कायम भयो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। बीमातर्फ आज सानिमा जनरलको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य २.२१ प्रतिशतले घट्दै प्रतिकित्ता ७९७ रुपैयाँ कायम भयो। 

बजारमा अरु के–के भयो ?

आज पनि नेप्से परिसूचकमा दोहोारो अंकको वृद्धि भयो। परिसूचक २३.२३ अंकले बढ्दै २७१४.७९ को बिन्दुमा पुग्यो। यो दिन बजारमा २०९ कम्पनीका १ करोड ४६ लाख ९१ हजार ६४३ कित्ता सेयर ७ अर्ब १४ करोड ३१ लाख ५१ हजार रुपैयाँमा किनबेच भयो। 

आज बजारमा ६ वटा समूहमा मात्रै हरियाली छायो भने अन्य सबै समूहमा भने गिरावट आयो। आज सबैभन्दा धेरै वृद्धि विकास बैंक समूहमा देखियो। विकास बैंक समूह ९५.४२ अंकले बढेको आज बैंकिङ समूह ४२.३६, व्यापार ६९.२९, हाइड्रोपावर ३१.६९, वित्त ३.६४ र म्युचुअल फन्ड ०.०६ अंकले बढ्यो। 

आज होटल एण्ड टुरिजम समूह ६५.२४ अंकले घट्यो। यस्तै उत्पादन तथा प्रशोधन २१.५१, अन्य ७.५, लघुवित्त १४.४ र लगानी समूह ०.४६ अंकले घट्यो। 

आज एनआइसी एशिया लघुवित्तको सेयरमूल्यमा सर्वाधिक अर्थात ९.९७ प्रतिशतबो उछाल आयो। यसैगरी माउन्टेन इनर्जीको सेयरमूल्य ९.८९, ज्योति लाइफ ९.८३, सिन्धु विकास बैंक ९.८२, छ्याङदी हाइड्रोपावर ९.८०, महिला लघुवित्त ८.०६ र लुम्बिनी विकास बैंकको सेयरमूल्य ६.३४ प्रतिशतले बढ्यो। 

आज लक्ष्मी लघुवित्तको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। संस्थाको सेयरमूल्य ४.२७ प्रतिशतले घट्यो भने ग्लोबल आइएमई लघुवित्त ४.२७, एनआरएन ३.५६, इन्फिनीटी लघुवित्त ३.४७ र श्री इन्भेष्टमेन्ट फाइनान्सको सेयरमूल्य ३.३८ प्रतिशतले घट्यो। 

यो दिन शीर्ष कारोबार गर्नेमा नविल बैंक अगाडी रह्यो। आज बैंकको २८ करोड ६२ लाख बढीको सेयर कारोबार भयो। यस्तै नेपाल बैंक लिमिटेड २८ करोड १६ लाख, एनआईसी एशिया बैंक २४ करोड ३५ लाख र निफ्राको २१ करोड १० लाख बढीको सेयर कारोबार भयो।   

 


Share this with your friends: