दोहोरो अंकले ओरालो लाग्यो नेप्से, बीमाका दुवै उपसूचकमा समेत गिरावट

2021-04-21
दोहोरो अंकले ओरालो लाग्यो नेप्से, बीमाका दुवै उपसूचकमा समेत गिरावट

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक १४५.०७ अंकले घट्दै १७०७५.६३ को बिन्दुमा सीमित बन्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १५४.२३ अंकले घट्दै १३०६७.९६ को बिन्दुमा झर्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीको रुपमा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी रह्यो। आज यो कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढ्दै प्रतिकित्ता ८२६ रुपैयाँ कायम भयो। 

यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। परिसूचक ३२.४१ अंकले घट्दै २६३२.२० को बिन्दुमा झर्यो। यो दिन बजारमा २१४ कम्पनीका १ करोड ३७ लाख ८७ हजार २१८ कित्ता सेयर ५ अर्ब ७७ करोड २२ लाख ५१ हजार २०३ रुपैयाँमा किनबेच भयो। 

१३ वटा समूहमध्ये आज एउटा समूहमा मात्रै हरियाली छायो। आज म्युचुअल फन्ड समूह ०.०२ अंकले बढ्यो। बैंकिङ समूह २४.९२ अंकले घटेको आज व्यापार समूह १.६५, होटल एण्ड टुरिजम २०.१३, विकास बैंक ६१.३३, हाइड्रोपावर २९.८२, वित्त २०.७६, उत्पादन तथा प्रशोधन ८२.४, अन्य १७.४१, लघुवित्त ५६.१९ र लगानी समूह १.४३ अंकले घट्यो। 

आज ज्योति लाइफको सेयरमूल्यमा सर्वाधिक अर्थात ९.९९ प्रतिशतको उछाल आयो। यस्तै महिला लघुवित्तको सेयरमूल्य ९.९६, ग्रिन डेभलपमेन्ट बैंक ९.९०, हिमालयन दोखला हाइड्रोपावर ९.८०, युनियन हाइड्रोपावर ७.२५, जनउत्थान सामूदायिक लघुवित्त ५.३४ र अपि पावर कम्पनीको सेयरमूल्य ३.६९ प्रतिशतले बढ्यो। 

आज लिबर्टी इनर्जीको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य ५.१७ प्रतिशतले घट्दै प्रतिकित्ता ३३० रुपैयाँ कायम भयो। यसैगरी हिमालयन पावर पार्टनरको सेयरमूल्य ४.१९, नारायणी डेभलपमेन्ट बैंक ३.७२, आईसीएफसी फाइनान्स ३.६१ र पाचथर पावर कम्पनीको सेयरमूल्य ३.५५ प्रतिशतले घट्यो। 

यो दिन निफ्राको सर्वाधिक सेयर कारोबार भयो। आज बैंकको २५ करोड ४५ लाख बढीको सेयर कारोबार भयो भने हिमाल दोलखा हाइड्रोपावरको २२ करोड ६ लाख र सीआईटीको १८ करोड ३७ लाख बढीको सेयर कारोबार भयो।  

 


Share this with your friends: