दोहोरो अंकले घट्यो नेप्से, बीमाका दुवै सपसूचकमा समेत गिरावट

2021-05-09
दोहोरो अंकले घट्यो नेप्से, बीमाका दुवै सपसूचकमा समेत गिरावट

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ । आज जीवन बीमा उपसूचक १४७.६४ अंकले घट्दै १६९६३.९५ बिन्दुमा सीमित बन्यो । यो दिन निर्जीवन बीमा उपसूचक ३१.२९ अंकले ओरालो लाग्दै १३०९९.८५ बिन्दुमा झर्यो । 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीको रुपमा राष्ट्रिय बीमा कम्पनी रह्यो । राष्ट्रिय बीमा कम्पनीको सेयरमूल्य ३.५५ प्रतिशतले बढ्दै प्रतिकित्ता १७५०० रुपैयाँ कायम भयो । 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन् । 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो । परिसूचक १८.५६ अंकले घट्दै २६१८.५६ को बिन्दुमा झर्यो । यो दिन बजारमा २१९ कम्पनीका १ करोड २७ लाख २८ हजार १२५ कित्ता सेयर ६ अर्ब १४ करोड ८९ लाख ६६ हजार ७७२ रुपैयाँमा किनबेच भयो । 

१३ वटा समूहमध्ये आज सबै समूहमा गिरावट आयो । बैंकिङ समूह ०.२८ अंकले व्यापार समूह ६१.६१, होटल एण्ड टुरिजम ४१.७८, विकास बैंक १.३६, हाइड्रोपावर ३४.०५, वित्त १२.२१, उत्पादन तथा प्रशोधन ९२.३७, अन्य २७.९२, लघुवित्त ९७.०६, म्युचुुअल फन्ड ०.०२ र लगानी समूह ०.९२ अंकले घटेको छ । 

आज समता घरेलु लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ९.९९ प्रतिशतको उछाल आयो । यस्तै रुरु जलविद्युत कम्पनीको सेयरमूल्य ९.८२, कर्पोरेट डेभलपमेन्ट बैंक ४.६४, राष्ट्रिय बीमा कम्पनी ३.५५ र बैंक अफ काडमाण्डुको सेयरमूल्य २.९५ प्रतिशतले बढ्यो । 

यो दिन महिला लघुवित्तको सेयरमूल्यमा सर्वाधिक अर्थात १० प्रतिशतको गिरावट आयो । विशाल बजार कम्पनीको सेयरमूल्य ९.९९, सिंगटी हाइड्रो ९.५६, युनियन हाइड्रोपावर ९.२४ र सर्पोट माइक्रोफाइनान्सको सेयरमूल्यमा ७.४४ प्रतिशतको गिरावट आयो । 

आज एनसीसी बैंकको २८ करोड ८६ लाख बढीको सेयर कारोबार भयो भने कुृमारी बैंक लिमिटेडको २८ करोड ३४ लाख, हिमालयन डिस्ट्रलरी २४ करोड १३ लाख, एचआईडीसीएल २३ करोड ९४ लाख र महिला लघुवित्तको २३ करोड ६७ लाख बढीको सेयर कारोबार भयो ।  

 


Share this with your friends: