दोहोरो अंकको वृद्धिका साथ साताको सुरुवात, बीमातर्फ सूर्या लाइफको सेयरमूल्य सर्वाधिक बढ्यो

2021-05-23
दोहोरो अंकको वृद्धिका साथ साताको सुरुवात, बीमातर्फ सूर्या लाइफको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज जीवन बीमा उपसूचकमा हरियाली छाएको छ। जीवन बीमा उपसूचक ६१.६३ अंकले बढ्दै १८१९६.२८ बिन्दुको उचाईमा पुुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक भने ११.७ अंकले घट्दै १४१६९.५३ बिन्दुमा सीमित भयो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमातर्फ आज सूूर्या लाइफ इन्स्योरेन्सको सेयरमूल्मा सर्वाधिक उछाल आयो। कम्पनीको सेयरमूल्य ५.७५ प्रतिशतले बढ्दै प्रतिकित्ता ९५६ रुपैयाँ कायम भयो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भयो। परिसूचक ३२.८१ अंकले बढ्दै २८२० बिन्दुको उचाईमा पुुग्यो। यो दिन बजारमा २२० कम्पनीका २ करोड ५१ लाख ६३ हजार ६६० कित्ता सेयर ११ अर्ब ६९ करोड ५० लाख ३४ हजार ७२८ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा तीनवटा समूहमा रातो पोतियो भने अन्य सबै समूहमा हरियाली छायो। आज विकास बैंक समूहमा उछाल आयो। विकास बैंक समूह २३९.८९ अंकले बढ्यो भने बैंकिङ ३३.२९, हाइड्रोपावर ४४.२, वित्त १०४.५५, उत्पादन तथा प्रशोधन ७.४८, अन्य १३.२१, म्युचुुअल फन्ड ०.१ र लगानी समूह ०.०९ अंकले बढ्यो। 

लघुवित्त समूह आज २०.७ र होटल एण्ड टुरिजम समूह २.९४ अंकले घट्यो। 

आज कर्णाली डेभलपमेन्ट बैंक र ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्यमा सर्वाधिक अर्थात १० प्रतिशतको उछाल आयो। यस्तै महालक्ष्मी विकास बैंकको सेयरमूल्य ९.९७, सांग्रिला डेभलपमेन्ट बैंक ९.९३, युनाइटेड इदी मर्दी ९.९३, कालिका पावर कम्पनी ९.८६, वेष्ट फाइनान्स कम्पनी ९.८५, गुडविल फाइनान्स ९.८५ र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य ९.८४ प्रतिशतले बढ्यो। 

आज रुरु जलविद्युत कम्पनीको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो।  कम्पनीको सेयरमूल्य ३.७३ प्रतिशतले घट्यो। समता घरेलु लघुवित्तको सेयरमूल्य ३.६८, गुराँस लघुवित्त २.३७, आरम्भ चौतारी लघुवित्त २.१७ र सोल्टी होटलको सेयरमूल्य १.८३ प्रतिशतले घट्यो।

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक सेयर कारोबार भयो। आज कम्पनीको ४१ करोड ८६लाख बढीको सेयर कारोबार भयो भने नेशनल लाइफको ३७ करोड १४ लाख, ज्योति विकास बैंक २३ करोड ७७ लाख, मेगा बैंक २२ करोड ४७ लाख र ग्रामिण विकास बैंकको २२ करोड ४८ लाख बढीको सेयर कारोबार भयो।      

 


Share this with your friends: