दोहोरो अंकले घट्यो नेप्से, बीमातर्फ राष्ट्रिय बीमाको सेयरमूल्य सर्वाधिक घट्यो

2021-05-31
दोहोरो अंकले घट्यो नेप्से, बीमातर्फ राष्ट्रिय बीमाको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक ३८०.८८ अंकmले घट्दै १४४४४.८० बिन्दुमा सीमित भयो। यो दिन जीवन बीमा उपसूचक पनि ३५६.९० अंकले ओरालो लाग्दै १८१७६.८८ बिन्दुमा झर्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। बीमातर्फ आज राष्ट्रिय बीमा कम्पनीको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य ६.४० प्रतिशतले घट्दै प्रतिकित्ता २१ हजार ५०० रुपैयाँ कायम भएको छ। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। परिसूचक ४५.२५ अंकले घट्दै २७८२.६८ बिन्दुमा झर्यो। यो दिन बजारमा २१८ कम्पनीका ३ करोड ८ लाख ८८ हजार ६९५ कित्ता सेयर १३ अर्ब ९० करोड ९१ लाख  १३ हजार २९१ रुपैयाँमा किनबेच भयो। 

आज म्युचुुअल फन्ड समूहमात्रै बढ्यो। यो समूह ०.०४ अंकले बढ्यो। बैंकिङ समूह १९.०२ अंकले घटेको आज व्यापार १६८.०९, होटल एण्ट टुरिजम ०.८१, विकास बैंक ५६.९७, हाइड्रोपावर १२९.९३, वित्त १२.८१, उत्पादन तथा प्रशोधन १०३.२१, अन्य ५२.५३, लघुवित्त ९.९९ र लगानी समूह ०.९८ अंकले घट्यो। 

आज राधि विद्युत कम्पनीको सेयरमूल्यमा सर्वाधिक उछाल आयो। कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढ्यो। यस्तै सेन्ट्रेल फाइनान्सको सेयरमूल्य ९.९१, नारायणी डेभलपमेन्ट बैंक ७.४३, लुम्बिनी विकास बैंक ६.३८ र गोर्खाज फाइनान्सको सेयरमूल्य ४.६४ प्रतिशतले बढ्यो। 

आज वरुण हाइड्रोपावरको सेयरमूल्यमा सर्वाधिक अर्थात ९.५७ प्रतिशतको गिरावट आयो। नेपाल हाइड्रो डेभलपर्सको सेयरमूल्य ८.७२, छ्याङदी हाइड्रोपावर ८.६८, माउन्टेन हाइड्रो ८.१६, रिडि हाइड्रो ८ र दिव्यश्वरी हाइड्रोको सेयरमूल्य ७.५० प्रतिशतले घट्यो। 

यो दिन राधि विद्युत कम्पनीको सर्वाधिक सेयर कारोबार भयो। आज कम्पनीको ९१ करोड ७ लाख बढीको सेयर कारोबार भयो भने लुम्बिनी विकास बैंक ३९ करोड ७० लाख, एचआईडीसीएल ३२ करोड ५४ लाख र नेपाल पुनर्बीमा कम्पनीको ३२ करोड १७ लाख बढीको सेयर कारोबार भयो।  

 


Share this with your friends: