काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुुवै बीमा उपसूचकमा हरियाली छाएको छ। आज निर्जीवन बीमा उपसूचक ३०७.६८ अंकले बढ्दै १५४८६.३३ बिन्दुको उचाईमा पुुग्यो। यो दिन जीवन बीमा उपसूचक पनि ८१.२१ अंकले उकालो लाग्दै १८६५७.६६ बिन्दुमा पुुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सक्यो। आज नेपाल इन्स्योरेन्स कमपनीको सेयरमूल्य १० प्रतिशतले बढ्दै प्रतिकित्ता ११४४ रुपैयाँ कायम भयो।
त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचक दोहोरो अकंले बढ्यो। परिसूचक ४२.७२ अंकले बढ्दै अहिलेसम्मकै उच्च बिन्दु अर्थात ३०६५.८३ बिन्दुको उचाइमा पुुग्यो। यो दिन २२१ कम्पनीका ३ करोड ५० लाख २७ हजार ३६३ कित्ता सेयर १८ अर्ब ८८ करोड ४० लाख ३१ हजार ५१८ रुपैयाँमा किनबेच भयो।
आज बजारमा ७ वटा समूहमा हरियाली छायो भने अन्य सबै समूहमा गिरावट आयो। बैंकिङ समूह ५२.८२ अंकले बढेको आज वित्त २४.८१, होटल एण्ड टुरिजम १५८.०१, लगानी ३.६० र उत्पादन तथा प्रशोधन समूह १४१.५१ अंकले बढ्यो।
आज विकास बैंक समूहमा सबैभन्दा धेरै गिरावट आयो। यो समूह ५६.४१ अंकले घट्यो भने हाइड्रोपावर ५.६७, लघुवित्त २५.५६, म्युचुुअल फन्ड ०.०१, अन्य १२.३१ र व्यापार समूह १३.८२ अंकले घट्यो।
आज चारवटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो। नेपाल इन्स्योरेन्स, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर र घलेम्दी हाइड्रोको सेयरमूल्य १० प्रतिशतले बढ्यो।
आज माउन्टेन हाइड्रोको सेयरमूल्यमा सर्वाधिक अर्थात ५.०१ प्रतिशतले घट्यो। यस्तै अरुण भ्यालि हाइड्रोपावरको मूल्य ४.७०, युनाइटेड मोदी हाइड्रो र गुडविल फाइनान्सको सेयरमूल्य ४.१८ प्रतिशतले घट्यो।
यो दिन अरुण भ्यालि हाइड्रोको सर्वाधिक सेयर कारोबार भयो। यो कम्पनीको ६२ करोड ६९ लाख बढीको सेयर कारोबार भयो।