काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ । आज निर्जीवन बीमा उपसूचक १५६.६२ अंकले घट्दै १३८६०.०७ बिन्दुमा सीमित भयो । यो दिन जीवन बीमा उपसूचक पनि १३६.२२ अंकले ओरालो लाग्दै १६९५४.५४ बिन्दुमा झर्यो ।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन् ।
त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनी पर्यो । आज नेपाल इन्स्योरेन्स कम्पनीको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो । कम्पनीको सेयरमूल्य ४.१८ अंकले घट्दै प्रतिकित्ता १०७८ रुपैयाँ कायम भयो ।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो । परिसूचक ११.७८ अंकले घट्दै २८२२.७३ बिन्दुमा सीमित भयो । यो दिन २२४ कम्पनीका १ करोड ६३ हजार ६३६ कित्ता सेयर ४ अर्ब ५८ करोड २२ लाख १२ हजार ५७९ रुपैयाँमा किनबेच भयो ।
१३ वटा समूहमध्ये आज ५ वटा समूहमा मात्रै हरियाली छायो भने अन्य सबै समूहमा रातो पोतियो ।
उत्पादन तथा प्रशोधन समूहमा आज सबैभन्दा धेरै वृद्धि भयो । यो समूह २३१.७४ अंकले बढ्यो । त्यस्तै व्यापार समूह १३२.२ अंकले, अन्य ८.७१, म्युचुअल फन्ड ०.०६ र लगानी समूह ०.५९ अंकले बढ्यो ।
बैंकिङ समूह ७.०२ अंकले घटेको आज होटल एण्ड टुरिजम ५९, विकास बैंक १०२.४२, हाइड्रोपावर ५३.६९, वित्त ५७.०६ र लघुवित्त समूह ३४.१८ अंकले घट्यो ।
आज विशाल बजार कम्पनीको सेयरमूल्यमा सर्वाधिक उछाल आयो । यो कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढ्यो । त्यस्तै हिमालयन डिस्टीलरीको सेयरमूल्य ८.०२, छ्याङदी हाइड्रोपावर ७.७८ र सिईडिबि हाइड्रोको सेयरमूल्य ५.३१ प्रतिशतले बढ्यो ।
आज गोर्खाज फाइनान्सको सेयरमूल्यमा सर्वाधिक अर्थात ६.३६ प्रतिशतले घट्यो । कर्णाली डेभलपमेन्टको सेयरमूल्य ५.१८, गृह्वेश्वरी मर्चेन्ट बैंक ४.७३ र नेपाल हाइड्रो डेभलपर्सको सेयरमूल्य ४.३९ प्रतिशतले घट्यो ।
यो दिन हिमालयन डिस्टीलरीको सर्वाधिक कारोबार भयो । आज कम्पनीको ४१ करोड २० लाख बढीको सेयर कारोबार भयो भने अपर तामाकोशीको १९ करोड ३६ लाख, नेपाल बैंक १५ करोड ५६ लाख र निफ्राको १३ करोड ३२ लाख बढीको कारोबार भयो ।