काठमाण्डौ । किशोर तथा युवाहरुमा वित्तीय शिक्षाको महत्वका सम्बन्धमा जागरण ल्याउने उद्देश्यले मार्च २१ देखि २७, २०२२ सम्म विश्व वित्तीय सप्ताह (Global Money Week-2022)अन्तर्गतका विभिन्न कार्यक्रमहरू गर्ने क्रममा उक्त सप्ताहको अन्तिम दिन अर्थात चैत १३ गतेका दिन वित्तीय साक्षरता सम्बन्धी प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको छ। प्रभातफेरी कार्यक्रमको समापन सत्र माननीय अर्थ मन्त्री जनार्दन शर्मा प्रभाकरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, बीमा समिति, नेपाल स्टक एक्सचेञ्ज लि. सिडिएस एण्ड क्लियरीङ्ग लि।, रेटिङ्ग संस्थाहरू, स्टक ब्रोकर एशोसियसन अफ नेपाल र मर्चेन्ट बैकंर्स एशोसियसन अफ नेपाल, नेशनल बैकिङ्ग इन्स्टिच्यूट र सम्बद्ध संस्थाहरूको व्यापक सहभागिता रहेको थियो ।
समापन सत्रका प्रमुख अतिथि माननीय अर्थ मन्त्री जनार्दन शर्मा प्रभाकरले Global Money Week अन्तर्गत सञ्चालन भएका यस्ता कार्यक्रमहरूले लगानीको सुरक्षा तथा वित्तीय क्षेत्रको जानकारी हासिल गर्न महत्वपूर्ण भूमिका खेलेको हुँदा यस अभियानका आयोजक तथा सञ्चालक र सम्पूर्ण सहभागीहरूलाई धन्यवाद दिए।कार्यक्रममा उनले वित्त परिचालन गर्ने संस्थाहरूले यस्तो कार्यक्रमहरू तल्लो जनसमूदायसमेत लाभान्वित हुनेगरी दूरदराजसम्म पुर्याउनुपर्ने आवश्यकता रहेको बताए।पछिल्लो समय धितोपत्र बजारको आकार र यसमा सर्वसाधारणको उल्लेख्य सहभागिता बढ्दै गएका कारण धितोपत्र बजारको अर्थतन्त्रमा महत्वपूर्ण स्थान रहेको बताउँदै यस क्षेत्रको बारेमा सर्वसाधारणलाई बुझाउन आवश्यक रहेको धारणा राखे।उनले धितोपत्र बजारमा विविध खालको समस्या रहेको बताउँदै उक्त समस्याहरूको समाधान गर्दै बजारको गुणात्मक विकास तथा विस्तारको लागि नयाँ नेतृत्व पठाएको र उहाँहरूलाई निर्देशन समेत दिएको स्मरण गरे।यसका लागि अर्थ मन्त्रालयले पर्याप्त मात्रामा सहजीकरण गर्ने प्रतिबद्दता समेत व्यक्त गरे।मन्तव्यकै क्रममा उनले हालको नयाँ नेतृत्वले नयाँ प्रतिबद्दता सहित नयाँ संरचना तथा योजनासहित बजारको विकास तथा विस्तारका लागि कार्य गर्नुपर्ने र नेपालको पुँजी बजारलाई अन्तर्राष्ट्रिय स्तरको प्रविधिमैत्री एवं आधुनिक बनाउनुका साथै बजारलाई अर्थतन्त्रको ऐनाको रूपमा विकास गर्न सम्बद्ध सबै पक्षलाई निर्देशन समेत दिए।वित्तीय अज्ञानताका कारण विविध खालका समस्या उत्पन्न हुने र आरोप प्रत्यारोपहरू लाग्ने हुँदा सर्वसाधारणलाई बुद्दिमतापूर्वक निर्णय लिन सक्षम बनाउन साक्षरता सम्बन्धी कार्यक्रमहरू व्यापक रूपमा सञ्चालन गर्न समेत निर्देशन दिए।उक्त कार्यक्रममा माननीय अर्थमन्त्रीले (Global Money Week-2022) को अवसर पारेर नेपाल धितोपत्र बोर्ड, नेप्से, सिडिएससि, रेटिङ्ग एजेन्सी तथा मर्चेन्ट बैंकर्स एशोसियसनले प्रकाशन गरेका वित्तीय साक्षरता तथा धितोपत्र बजारसम्बन्धी जानकारीमूलक पूस्तिकाहरूको समेत विमोचन गरे।
प्रभातफेरी पश्चात सञ्चालन गरिएको कार्यक्रममा सहभागीलाई स्वागत गर्दै बोर्ड अध्यक्ष श्री रमेश कुमार हमालले वित्तीय साक्षरता अभिवृद्धि गर्ने यस कार्यक्रममा उल्लेख्य सहभागिता देखाउने सबै पक्षलाई धन्यवाद दिए।यसले बोर्डलाई लगानीकर्ताको हक हित संरक्षण, बजारको विकास तथा विस्तारको लागि थप हौसला मिलेको बताउँदै यस कार्यमा बोर्ड प्रतिवद्द रहेको समेत जनाए।
भद्रकालीबाट शुरू भै भृकुटीमण्डपमा समापन भएको उक्त र्यालीमा धितोपत्र बजार सम्बद्ध पक्ष, बीमा तथा सहकारीसम्बद्ध पक्ष र बैंक वित्तीय संस्थाका पदाधिकारी तथा कर्मचारी गरी घण्ण्ण् भन्दा बढी जनाको सहभागिता रहेको थियो।यस न्यिदब िःयलभथ ध्भभप को मुख्य विषय वस्तुमा ‘द्यगष्मि थयगच ागतगचभ, दभ कmबचत बदयगत mयलभथु तय गरिएको थियो भने यसको ुइााष्अष्ब िकयिनबलु भने ’ीभबचल।क्बखभ।भ्बचल’ रहेको थियो।विशेष गरी विश्व वित्तीय सप्ताहको लक्ष्य बालबालिका तथा यूवालाई वित्तीय साक्षरता, वित्तीय शिक्षा, लगानी शिक्षा सम्बन्धमा ज्ञान प्रदान गर्ने, सिप सिकाउने, यससम्बन्धमा सकारात्मक दुष्टिकोण विकास गर्ने तथा व्यवहारमा सुधार ल्याई पैसाको बुद्धिमत्तापूर्ण व्यवस्थापन गर्न उनीहरुको क्षमता बढाउने र दैनिक वित्तीय आवश्यकता पूरा गर्न सक्ने र उनीहरुको तथा उनीहरुको परिवारको जिवनका वित्तीय आवश्यकता समेत सहजरुपमा पूरा गर्न सवल एवं सक्षम बनाउने रहेको छ ।कार्यक्रमको सञ्चालन बोर्डका उप कार्यकारी निर्देशक तथा विश्व वित्तीय सप्ताह(द्दण्द्दद्द अन्तर्गत धितोपत्र बजार तथा लगानीकर्ता शिक्षासम्बन्धी विभिन्न कार्यक्रम आयोजना तथा सञ्चालन समितिका संयोजक डा। नवराज अधिकारीले गगरेका थिए ।