काठमाण्डौ । नबिल बैंक लिमिटेड र डीभी एक्सिलस (खेती एप)बीच सहकार्य भएको छ । बैंक र डीभी एक्सिलस द्वारा खेती फार्म प्लेटफर्ममा दर्ता भएका किसानहरुका लागि कृषि साधन, रसायन, मेसिनरी तथा अन्य आवश्यकतालाई खरिद गर्न सहज वित्तिय पहु‘चको प्रदान गर्न सहकार्य भएको हो।
यो रणनीतिक साझेदारीअन्तर्गत किसानलाई गुणात्मक बीउ र मल सुनिश्चित गर्न तथा सहज वित्तीय पहुँच प्रदान गर्न नबिल एक प्रमुख बैंकका रुपमा अगाडि बढेको छ। यसैगरी किसानहरूले डीभी एक्सिलसबाट प्राविधिक सहयोग र बजारको सुनिश्च्तित्ताबाट लाभ लिन सक्दछन्।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र डीभी एक्सिलसका निर्देशक देवेश प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।