काठमाण्डौ । नबिल बैंक लिमिटेड कोष प्रवद्र्धक तथा नबिल रुइन्भेष्टमेन्ट बैंकिङ लिमिटेड योजना व्यवस्थापक रहेको नबिल म्युचुअल फन्ड अन्तर्गत सञ्चालन भईरहेको नबिल इक्विटी फन्ड र नबिल ब्यालेन्स्ड फन्ड २ को बुक क्लोज मिति तय गरिएको छ । नबिल ब्यालेन्स्ड फन्ड २ ले आर्थिक वर्ष २०७७/७८ का लागि योजना इकाईधनीहरुका लागि घोषणा गरेको ३५ प्रतिशत र नबिल इक्विटी फन्डले घोषणा गरेको ४० प्रतिशत नगद लाभांसका लागि बुक क्लोज मिति तय गरिएको हो ।
लाभांस वितरण प्रयोजनका लागि आगामी असोज ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरिएको छ । त्यसैले असोज १० गतेसम्म कायम इकाइधनीहरु मात्रै फन्डहरुद्वारा घोषणा गरिएको नगद लाभांस प्राप्त गर्न योग्य हुनेछन् ।